Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

जाेशीपुरमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २८ जना घाइते


ग्लोबल पाना
मंगलबार, चैत ७ २०७९
  • 211
    SHARES

  • images
    जाेशीपुरमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २८ जना घाइते

    धनगढी । कैलालीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ, भने २८ जना घाइते भएका छन् । सोमबार राति जिल्लाको जोशीपुर गाउँपालिका-७ हजारीबारा भन्ने स्थानमा ट्याक्टर दुर्घटना भएको हो ।

    images
    images
    images

    जिल्लाको बर्दगोरिया गाउँपालिका ६ सुगरखालका आफन्तको घरबाट पास्नी भोज खाएर भजनी नगरपालिका ९ कुणीतर्फ फर्किने क्रममा उनीहरू दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कूलदीप चन्दका अनुसार अनियन्त्रित भएर ट्याक्टर पल्टिदा ट्याक्टरमा सवार २ जनाको मृत्यु भएको र २८ जना घाइते भएका हुन् ।

    मृत्यु हुनेमा भजनी ९ की चाहाना चौधरी र दिलरानी चौधरी रहेका छन् । उनीहरूको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सुरज चौधरीले चलाएको से १ त ८८७० नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो । प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको छ भने ट्याक्टर चालकको खोजतलास गरिरहेको छ ।

    वर्दगोरीया अस्पतालमा उपचाररत घाइतेहरू भजनी ९ बस्ने दोहती डगौरा, पेपी डगौरा, ज्योती चौधरी, मगुली चौधरी, मेदी डगौरा, मधु चौधरी, रुपा चौधरी, हिमान्सु चौधरी, अनिता चौधरी, रिदम चौधरी, आरोही चौधरी, तुन्नि चौधरी, ओली चरण चौधरी, रिवस चौधरी रहेका छन, भने घोडाघोडी अस्पताल सुखडमा उपचाररत घाइतेहरू भजनी ९ बस्ने रोहन चौधरी, कृष्णी देवी डगौरा, रत्ना चौधरी, आशा देवी डगौरा, सग्रामी चौधरी, विपिन चौधरी, फुलराम चौधरी, सन्तोष चौधरी, हिरा चौधरी, रिता चौधरी, क्षितिज चौधरी, अमन चौधरी, रिया चौधरी, बिरेन्द्र चौधरी, सानु चौधरी, अपेक्षा चौधरी, राकेश चौधरी, सबिन चौधरी रहेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ