काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गाेरखा २ मा सडककाे शिलान्यास गरेका छन् । गत मंसिर ४ मा आफू निर्वाचित भएको गोरखा क्षेत्र नम्बर २ मा पर्ने पन्थहिटी कटहरे हर्मी र लमजुङको साहिलटार जोड्ने सडक स्तरउन्नती कार्यको प्रधानमन्त्री प्रचण्डले मंगलबार शिलान्यास गरेका हुन्।

बिमिरेमा आज भएको कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र उपप्रधान तथा भौतिक पूर्वाधार, यातायात मन्त्री नारायणकाजी श्रेष्ठलगायतकाे उपस्थिती थियाे । २० किमी यो सडकखण्ड फराकिलो बनाएर कालोपत्र गर्ने योजना छ ।
भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा यो सडक निर्माण गर्न लागिउको हो । सडक निर्माणमा ८० करोड रुपैयाँ बजेट छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


