Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

पाेखरामा जि.स.स. का जन प्रतिनिधिलाई अभिमुखिकरण तालिम


ग्लोबल पाना
मंगलबार, चैत ७ २०७९
  • 686
    SHARES

  • images
    पाेखरामा जि.स.स. का जन प्रतिनिधिलाई अभिमुखिकरण  तालिम

    पोखरा । जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेश समितिको समन्वय र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा गण्डकी प्रदेशका जि .स .स .पदाधिकारी र सदस्यहरूको लागि आयोजित एक दिने अभिमुखिकरण तालिम सोमबार पोखरामा सम्पन्न भएको छ।

    images
    images
    images

    सो अभिमुखिकरण कार्यक्रमको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले समुद्घाटन गर्नुभएको थियो । उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले तीन तहका सरकार बिच समन्वय गर्ने उद्देश्यले स्थापित जिल्ला समन्वय समितिलाइ संविधानले दिएका दायरा भित्र रहि प्रभावकारी काम गर्न अभिमुखिकरण फलदायी हुने उल्लेख्य गर्नुभयो।

    अधिकारीले प्रदेश सरकारले समन्वय समितिका काम प्रभाबकारी बनाउन प्रदेश सरकारले गर्नुपर्ने कानुन निर्माण लगायतका बिषयमा सरकार सक्रियताले लाग्ने बताउनु भयो। जिल्ला समन्वय समिती महासंघ गण्डकी प्रदेशका अध्यक्ष लिलाधर पौडेलले अनुगमन र समन्वयका काम प्रभावकारी रूपले सम्पन्न गर्न अभिमुखिकरण आयोजना गरिएको भन्दै दक्षता बढाउन सहयोगी हुने बिश्वाश व्यक्त गर्नुभयो।

    गण्डकी प्रदेश सरकारका प्रमुख सचिब रबिलाल पन्थले समन्वय संरचना जिबन्त र कार्य बाताबरण सहज बनाउन विभिन्न समयमा अभिमुखिकरण आबश्यक हुने बताउनुभयो। "जिल्ला समन्वय समितिको अधिकार ,भूमिका र जिम्मेवारी" बिषयक एक दिने अभिमुखिकरण कार्यक्रममा नेपाल सरकारका पूर्ब मुख्य सचिब सोमलाल सुबेदी र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले सहजीकरण गर्नु भएको थियो।

    कार्यक्रमको पहिलो चरणमा गण्डकी प्रदेशका एघार जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख ,उप प्रमुख र दुई जना सदस्य गरि करिब ५० जनाको सहभागिता रहेको जनाइएको छ। गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको संचालन प्रतिष्ठानका शाखा अधिकृत बाबुराम न्यौपानेले गर्नुभएको जि. स. स .महासंघ गण्डकीले जनाएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ