Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

प्रधानमन्त्री प्रचण्डविरुद्ध बानेश्वरमा नारावाजी गर्ने ३ जना पक्राउ


ग्लोबल पाना
बुधबार, चैत ८ २०७९
  • 244
    SHARES

  • images
    प्रधानमन्त्री प्रचण्डविरुद्ध बानेश्वरमा  नारावाजी गर्ने ३ जना पक्राउ

    काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी भएको छ । मङ्गलवार प्रधानमन्त्री दाहाल ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले उहाविरुद्ध नाराबाजी गरेका हुन् ।

    images
    images
    images

    कार्यक्रममा एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेका थिए । तर प्रहरीले ती युवालाई समाउन खोज्दा उनले प्रचण्डविरुद्ध नाराबाजी गरेका थिए । त्यसबीचमा अर्का एक जना युवाले प्रहरीले मुख बन्द गर्न पाइँदैन भन्दै नारा लगाए ।

    दुवै जना युवालाई प्रहरीले गाडीमा राख्दै गर्दा उनीहरूले मूल्यवृद्धि खारेज गर्, यस्तो सरकार चाहिँदैन, ७७ जिल्लाका युवा एक हौँ भन्ने लगायतका नाराबाजी गरेका थिए । उनीहरूलाई प्रहरीले पक्राउ गरेसँगै प्रधानमन्त्री कार्यक्रम स्थलमा पुग्नुभएको थियो ।

    प्रधानमन्त्री प्रचण्ड कार्यक्रम स्थलमा जाँदै गर्दा उहाँँकै अगाडि एक युवाले बैंकको मिटर ब्याज मिनाह गर भन्दै नारा लगाएका थिए । ती युवालाई प्रहरीले तत्काल पक्राउ गरेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ