Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

पर्सामा मासिक रुपमा वृहत स्वास्थ्य शिविर गर्ने प्रतिबद्वता : तबरेज आलम


ग्लोबल पाना
शुक्रबार, चैत १० २०७९
  • 252
    SHARES

  • images
    पर्सामा मासिक रुपमा वृहत स्वास्थ्य शिविर गर्ने प्रतिबद्वता : तबरेज आलम

    पर्सा । पर्सामा सामाजिक अभियन्ता तबरेज आलमको पहलमा वृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ। सत्मार्ग फाउन्डेसन र सर्बोतम हस्पिटलको संयुक्त आयोजनामा चैत-४ गते शनिवारको दिन बिहान ८ बजे देखि बेलुका ५ बजेसम्म बिरन्गजको जगरनाथपुर गाउँपालिकाको नेपाल राष्ट्रिय आधारभूत निम्न माध्यामिक विद्यालयमा वृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ।

    images
    images
    images

    उक्त शिविरमा पथरी तथा मुत्र विशेषज्ञ, मुटु तथा छाती रोगको विशेषज्ञ, प्रसुति तथा स्त्री रोग विशेषज्ञ तथा अन्य विशेषज्ञको टोलि सहित उक्त वृहत स्वास्थ्य शिविर सम्पन्न भयो। ‘स्वास्थ्य नै धन हो’ मूल नाराका साथ आर्थिक रुपमा विपन्न तथा गरिबी रेखा मुनि रहेका व्यक्तिहरुको उपाचार गरियो।

    सामाजिक अभियन्ता तबरेज आलमले मासिक रुपमा यस्तो वृहत स्वास्थ्य शिविर गर्ने प्रतिबद्वता पनि गर्नुभएको छ। स्वास्थ्यसँग मान्छेको जीवन जोडिएको कुरा राख्दै अझै पनि नेपालभित्रको नेपालीहरुमा स्वास्थ्य सेवा राम्रोसँग र निःशुल्क नपाएको गुनासो पनि राख्नु भएको थियो।

    उक्त कार्यक्रममा विभिन्न माध्यमबाट सहयोग गर्नेहरुलाई सम्मान पनि गरिएको थियो। अन्त्यमा सामाजिक अभियन्ता तबरेज आलम अब छिट्टै पर्सा जिल्लामा हजार बोट विरुवा वृक्षारोपण गरि वातावरणलाई स्वास्थ्य बनाउने योजना रहेको बताउनु भएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ