Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

चितवन बेवारिसे अवस्थामा बम फेला


ग्लोबल पाना
सोमबार, चैत १३ २०७९
  • 200
    SHARES

  • images
    चितवन बेवारिसे अवस्थामा बम फेला

    चितवन । नवलपुरको विनयी त्रिवेणीमा बेवारिसे अवस्थामा बम फेला परेको छ । विनयी त्रिवेणी गाउँपालिका वडा नं. ५ मा रहेको तालदेवी सामुदायिक वन भित्र रहेको बारीमा बम भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी सन्तोष पाठकले जानकारी दिए ।

    images
    images
    images

    सर्दीका स्थानीय बासिन्दा रुकेश सरामुका अनुसार जंगलमा चौपाया चराउन गएका ब्यक्तिहरूले एकै ठाउँमा ९ वटा बम भेटेका थिए । भारतीय सेनाका पूर्वसैनिक समेत रहेका सरामुका अनुसार ती ८१ एमएम मोर्टारका बम (गोला) हुन् ।

    उनका अनुसार ती बम ५ हजार २ सय मिटर रेन्जका हुन् । उनले भने- ‘ठूला-ठूला विस्फोटक पदार्थ ९ थान भेटिएको छ । माओवादी जनयुद्धका बेला सेना वा माओवादी लडाकुले छाडेका बम हुनु पर्दछ ।’ बम फेला परेको स्थानमा इलाका प्रहरी कार्यालय दुम्कीबास र सर्दीबाट प्रहरी पठाइएको छ । नेपाली सेनासँग पनि समन्वय गरिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ