Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

प्रधानमन्त्रीलाई भागबण्डामा सकस, मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुने


ग्लोबल पाना
मंगलबार, चैत १४ २०७९
  • 247
    SHARES

  • images
    प्रधानमन्त्रीलाई भागबण्डामा सकस, मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुने

    काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रिपरिषद् विस्तार गर्न सकस परेको छ । उनले सत्ता गठबन्धनमा रहेका सबै दलहरुलाई समेट्ने प्रयत्न गर्दै अझै मन्त्रालय भागबण्डा मिलाउन सकेका छैनन्। सत्ता गठबन्धनमा रहेका दश दलीय घटकलाई समट्नुपर्ने बाध्यता र अस्वभाविक मागले मन्त्रालयको बाँडफाँट मिलाउन असहज हुँदा मन्त्रिपरिषद विस्तारमा बिलम्ब भएको बालुवाटार स्रोतले जनाएको छ।

    images
    images
    images

    सत्ता गठबन्धनमा रहेका दलहरु मध्ये प्रमुख कांग्रेसले आठ मन्त्रालय लिएर सरकारमा सहभागी हुने बताइरहेको छ । कांग्रेस अर्थसहित आठ मन्त्रालय लिएर सरकारमा सहभागी हुने निश्चित देखिएको छ। स्रोतका अनुसार गठबन्धनमा रहेका सबैलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्रीले खोज्दा मन्त्रालय बाँडफाँटमा सहमति जुट्न नसकेको हो । माओवादीले प्रधानमन्त्रीसहित पाँच मन्त्रालय यथावत नै रहने बताइएको छ । तथापि मन्त्रालय भने हेरफेर हुन सक्ने संभावना छ ।

    रास्वपाले पनि सरकारमा सहभागीतको आकांक्षासहित तीन मन्त्रालयको दाबी गरिरहेको छ । तर, प्रधानमन्त्री तत्काल रास्वपालाई सरकारमा सहभागी गराउन इच्छुक देखिएका छैनन्। माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले कम्तीमा तीन मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ । सरकारलाई समर्थन गरेको तेस्रो दल रास्वपा बराबर मन्त्रालयको संख्या माग गरेको एकीकृत समाजवादीलाई प्रधानमन्त्री प्रचण्डले दुई मन्त्रालय दिन चाहेका छन् । तर, एकीकृत समाजवादीले अस्वभाविक रुपमा तीन मन्त्रालय माग गरेकाले दिन प्रधानमन्त्री असहमत रहेको बताइएको छ।

    यस्तै नागरिक उन्मुक्ति पार्टीलेसमेत दुई मन्त्रालय मागेको तर प्रधानमन्त्रीले एक मन्त्रालय दिन चाहेका छन्। यस्तै जसपा र लोसपाले समेत तीन मन्त्रालय पाउनुपर्ने अडानमा रहेका छन् । अन्य स्वतन्त्र सांसदले पनि मन्त्री हुने आकांक्षा ब्यक्त गरेकाले प्रधानमन्त्रीलाई भागबण्डा टुंग्याउन सकस परेको स्रोतको दाबी छ। गएको चैत ६ गते (सोमबार) सदनबाट विश्वासको मत लिएपछि सरकारलाई पूणर्ता दिने बताएका प्रधानमन्त्री प्रचण्डले हालसम्म सरकारलाई पुणर्ता दिने प्रयत्न गरिरहेका छन् । यद्यपि भागबण्डा नमिल्दा सरकारले पूणर्ता पाउन सकेको छैन।

    सरकारमा सहभागी भएका एमाले, राप्रपा र रास्वपा बाहिरिएपछि प्रधानमन्त्री प्रचण्ड स्वयमले १६ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ