Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नयाँ मन्त्रीको शपथ ४ बजे, कसलाई कुन मन्त्रालय ?


ग्लोबल पाना
बिहीबार , चैत १६ २०७९
  • 186
    SHARES

  • images
    नयाँ  मन्त्रीको शपथ ४ बजे, कसलाई कुन मन्त्रालय ?

    काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । गठबन्धन दलहरुबीच मन्त्रालय संख्या टुंगिएसँगै प्रधानमन्त्रीले आज दिउँसो मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् ।

    images
    images
    images

    सरकारमा सहभागी हुने नयाँ मन्त्रीहरुको शपथ दिउँसो ४ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा हुने स्रोतले बतायो । सत्ता गठबन्धनमा भएको सहमति अनुसार नेपाली कांग्रेसले ८ वटा मन्त्रालय पाउने भएको छ । कांग्रेसबाट उपसभापति पूणर्बहादुर खड्काले उपप्रधान-रक्षा मन्त्रालयको जिम्मेवारीसहित सरकारको नेतृत्व गर्ने भएका छन् ।

    अर्थमा भने प्रकाशशरण महत जांदैछन् । परराष्ट्र र स्वास्थ्य मन्त्रालय पनि कांग्रेसले लिने भएको छ । यद्यपि यी दुई मन्त्रालयको जिम्मेवारी कसले लिने भन्नेबारेमा कांग्रेसभित्र निणर्य भइसकेको छैन । कांग्रेसले आज बिहान ११ बजेका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

    सो बैठकले नयाँ मन्त्रीहरूको नामावली टुंगो लगाउँदैछ । त्यस्तै, भौतिक, पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको जिम्मेवारी हेरफेर हुँदैछ । प्रधानमन्त्री प्रचण्डले उनलाई गृह मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका छन्।

    श्रेष्ठले सम्हाल्दै आएको भौतिक मन्त्रालयको नेतृत्व भने एकीकृत समाजवादीका प्रकाश ज्वालालाई दिने तयारी भएको छ । यता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नेकपा एकीकृत समाजवादीका वेदुराम भुसाल नियुक्त हुँदैछन् । ऊर्जा मन्त्रालय माओवादीको भागमा परेको छ ।

    त्यसमा शक्ति बस्नेतलाई पठाउने तयारी भइरहेको स्रोतले जानकारी दियो । २ वटा मन्त्रालयसहित सरकारमा सहभागी हुन लागेको जसपाले शहरी विकास मन्त्रालय पाउने सम्भावना रहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ