Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

टुङ्गियो भागबण्डा : प्रचण्ड नेतृत्वको मन्त्रि मण्डलमा कुन मन्त्रालय कसलाई (सूचीसहित)


ग्लोबल पाना
शुक्रबार, चैत १७ २०७९
  • 247
    SHARES

  • images
    टुङ्गियो भागबण्डा : प्रचण्ड नेतृत्वको मन्त्रि मण्डलमा कुन मन्त्रालय कसलाई (सूचीसहित)

    काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । गत चैत्र ६ गते प्रतिनिधि सभाबाट दोस्रो पटक विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले १० दलीय सत्ता गठबन्धनलाई साथमै लगेर मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् ।

    images
    images
    images

    प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार र नवनियुक्त मन्त्रीको शपथको सन्दर्भमा राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर सुझाव लिएका छन् । राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीचको भेटवार्तामा आज नै बेलुकी साढे ४ बजेपछि मन्त्रीहरुको शपथको कार्यक्रम राखिएको बताइएको छ । सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले ८ वटा मन्त्रालयको जिम्मा पाउने भएको छ ।

    कांग्रेसमा मन्त्रालय र मन्त्रीको नामसमेत टुंगो लागिसकेको छ । कांग्रेसबाट उपप्रधान तथा रक्षामा पूणर्बहादुर खड्का, अर्थमा प्रकाशशरण महत, सामान्य प्रशासनमा धनराज गुरुङ, परराष्ट्र मन्त्रालयमा रमेश रिजाल, सहरी विकासमा एनपी साउद, भूमि व्यवस्थामा सीता गुरुङ, न्याय, कानुन तथा संसदीय मामिलामा डिगबहादुर लिम्बू र स्वास्थ्य तथा जनसंख्यामा मोहनबहादुर बस्नेतको टुंगो लागेको हो ।

    त्यसैगरी माओवादी केन्द्रबाट प्रधानमन्त्री-पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जा मन्त्री शक्ति बस्नेत, सञ्चार मन्त्री रेखा शर्मा र संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँती, महिला तथा बालबालिका मन्त्री अमनलाल मोदी बन्ने भएका छन् । नेकपा (एस) बाट कृषिमन्त्रीमा वेदुराम भुसाल, भौतिक पूर्वाधार मन्त्रीमा प्रकाश ज्वाला निश्चित भएका छन् ।

    जनता समाजवादीले कृषि मन्त्रालय पाउने भएको छ । जसपाले मन्त्रीको नाम भने टुंगो लगाइसकेको छैन । लोकतान्त्रिक समाजवादीबाट श्रममन्त्री शरतसिंह भण्डारी बन्ने भएका छन् । नेपाल समाजवादी पार्टीबाट खानेपानीमन्त्री महिन्द्र राय यादव, नागरिक उन्मुक्ति पार्टीबाट युवा तथा खेलकुदमन्त्री रञ्जिता श्रेष्ठ निश्चित भएका छन् ।

    त्यसैगरी जनमत पार्टीले एक मन्त्रालय पाउने भएको छ । मन्त्रालय निश्चित नभएपनि अब्दुल खान मन्त्री बन्ने निश्चित भएको छ । आम जनता पार्टीबाट प्रभु साह मन्त्री बन्दैछन् । उनको पनि मन्त्रालय टुंगो लाग्न बाँकी रहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ