Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नयाँ मन्त्रीहरूको शपथ दिउँसो ३ बजे, राष्ट्रपतिको कार्यालयले थाल्याे तयारी


ग्लोबल पाना
शुक्रबार, चैत १७ २०७९
  • 219
    SHARES

  • images
    नयाँ मन्त्रीहरूको शपथ दिउँसो ३ बजे, राष्ट्रपतिको कार्यालयले थाल्याे तयारी

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको क्याबिनेटका नयाँ सदस्यहरुको शपथ दिउँसो ३ बजे हुने भएको छ। राष्ट्रपतिको कार्यालय शीतल निवासले १० दलीय गठबन्धनबाट नियुक्त हुने नयाँ मन्त्रीहरुको शपथ दिउँसो ३ बजे गराउने गरी तयारी थालेको हो।

    images
    images
    images

    राष्‍ट्रपति कार्यालयले दिउँसो ३ बजे नवनियुक्त मन्त्रीहरुको शपथ गराउने गरी तयारी थाल्न मुख्यसचिवसहितलाई निर्देशन दिएको हो। राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयका एक सदस्यले मन्त्रीहरूको शपथ ३ बजे गराउने गरी आवश्यक तयारी भएको बताए ।

    मन्त्रिपरिषद विस्तार र शपथग्रहणबारे शुक्रबार बिहानै राष्ट्रपति पौडेललाई प्रधानमन्त्री प्रचण्डले भेटेर फर्किसकेका छन्।

    गठबन्धनमा कांग्रेसले ८, माओवादीले ५, जसपा र नेकपा एकीकृत समाजवादीले २-२ तथा जनमत, लोसपा, नेसपा, नागरिक उन्मुक्ति र आमजनता पार्टीले एक-एक मन्त्रालयमा सहमति जुटाइसकेका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ