Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

भाडा लिएर यात्रु बाेक्ने निजी गाडीलाई कारबाही गर्न गृहको निर्देशन


ग्लोबल पाना
बिहीबार , चैत २३ २०७९
  • 256
    SHARES

  • images
    भाडा लिएर यात्रु बाेक्ने निजी गाडीलाई कारबाही गर्न गृहको निर्देशन

    काठमाडाैं । गृह मन्त्रालयले भाडा लिएर यात्रु बोक्ने निजी गाडीलाई कारबाही गर्न निर्देशन दिएको छ । मन्त्रालयले हिजो सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै भाडा लिएर यात्रु बोक्ने निजी गाडीलाई कारबाही गर्न निर्देशन दिएको हो ।

    images
    images
    images

    यसअघि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आफूखुसी भाडा तोकेर यात्रु ओसार गर्ने गाडीमाथि कारबाही गर्न गृह मन्त्रालयसँग आग्रह गरेको थियो ।

    महासङ्घले मङ्गलबार आफूखुसी भाडा तोकी देशभर निर्विवाद यात्रु ओसार गर्ने गरेको पाइएको भन्दै त्यस्ता गाडीलाई कारबाहीका लागि सम्बन्धित क्षेत्रलाई निर्देशन दिन आग्रह गरेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ