Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

रामेछाप कारागारका कैदी बन्दीकाे उपचारको क्रममा एक कैदीको मृत्यु


ग्लोबल पाना
शनिबार, चैत २५ २०७९
  • 219
    SHARES

  • images
    रामेछाप कारागारका कैदी बन्दीकाे उपचारको क्रममा एक कैदीको  मृत्यु

    रामेछाप । झन्डै दुई महिना देखी रामेछाप कारागारमा रहदै आएका एक कैदीको मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा पुर्पक्षको लागि १ महिना १९ दिन अघि देखी मात्र कारागारमा रहदै आएका कैदी बन्दीको मृत्यु भएको हो । 

    images
    images
    images

    रामेछाप कारागारका प्रमुख रुपलाल तामाङका अनुसार लिखु तामाकोशी गाउँपालिका-५ का ५२ वर्षीय वीरे दमाई भन्ने वीरे दर्जीको उपचारको क्रममा मृत्यु भएको हो । उनका अनुसार कारागारमा रहेको बेला अकस्मात पेट दुखेको बताएपछि कारागर प्रशासनले उनलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल रामेछाप लगिएको थियो । 

    उपचारको क्रममा उनको मृत्यु भएको चिकित्सकले घोषणा गरेका थिए । मृतक दमाईलाई कर्तव्य ज्यान मुुद्दामा रामेछाप जिल्ला अदालतले गत फागुन ४ गते मात्रै पुर्पक्षको लागि जेल पठाएको थियो । उनको शुक्रवार निधन भएको हो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ