Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

चीनिया सेनाले तीन दिने सैन्य अभ्यास थाल्यो


ग्लोबल पाना
शनिबार, चैत २५ २०७९
  • 211
    SHARES

  • images
    चीनिया सेनाले तीन दिने सैन्य अभ्यास थाल्यो

    काठमाडौं । ताइवानलाई घेरा हाल्ने गरी चीनिया सेनाले तीन दिने सैन्य अभ्यास शुरु गरेको छ ।

    images
    images
    images

    वीवीसीका अनुसार ताइवानी राष्ट्रपति इङ वेनको अमेरिका भ्रमण र उच्चस्तरीय भेटवार्ताको विरोध स्वरुप चीनले ताइवान टापु घेरा हाल्ने सैन्य अभ्यास गरेको हो ।

    चीनले ताइवानका राष्ट्रपतिको अमेरिका भ्रमणको परिणाम राम्रो नहुने चेतावनी यसअघि नै दिइसकेको थियो । ताइवानको रक्षा मन्त्रालयले ४२ वटा चिनियाँ सैन्य विमान र आठ वटा लडाकु पानीजहाजले चीन र ताइवान छुट्याउने मध्य रेखा पार गरेको जनाएको छ ।

    चिनियाँ सेनाले ताइवान वरपर लामो दूरीका रकेट, मिसाइल, लडाकु विमान, बमवर्षक लगायतका अत्याधुनिक हतियार समेत तैनाथ गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ