Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

एआईजी बन्न सफल नारी मिरा चौधरीलाई सत्मार्ग फाउन्डेसनद्वारा सम्मान


ग्लोबल पाना
बुधबार, चैत २९ २०७९
  • 364
    SHARES

  • images
    एआईजी  बन्न सफल नारी मिरा चौधरीलाई सत्मार्ग फाउन्डेसनद्वारा सम्मान

    काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डिआईजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा पदोन्नति भएकी मिरा चौधरीलाई सत्मार्ग फाउन्डेसनले सम्मान गरेको छ । सत्मार्ग फाउन्डेसनले मधेस प्रदेशमा जन्मिएर नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पुग्नु मधेस प्रदेश तथा सिंगो देशकै लागि गर्वको विषय भएको भन्दै सम्मान गरिएको फाउन्डेसनका अध्यक्ष तबरेज आलमले जानकारी दिए ।

    images
    images
    images

    बुधबार फाउन्डेसनका अध्यक्ष सहितको टिमले प्रहरी मुख्यालय नक्सालमा पुगेर एआईजी चौधरीलाई सम्मान गरेको हो । ‘मधेस प्रदेशमा घरभित्रै सिमित बन्न बाध्य नारीहरूको प्रेरणास्रोत बन्न सफल एआईजी मिरा चौधरीलाई रोल मोडल मानेर मधेस प्रदेशका महिलाले आफूलाई चुलो-चौको बाट बाहिर निकाल्न सकुन भनेर हामीले सम्मान गरेका हौं ।’

    फाउन्डेसनका अध्यक्ष आलमले भने । यसअघि ट्राफिक प्रहरीको प्रमुख हुँदा काठमाण्डौ महानगरपालिकाको ट्राफिक व्यवस्थापन गर्न मुख्य भूमिका निर्वाह गरेको भन्दै चौधरीको उक्त कार्यको अहिले पनि प्रशंसा हुने गरेको छ ।

    उनकै अगुवाईमा काठमाण्डौको सडकलाई पार्किङ स्थल बनाउने परम्परा तोडिएको थियो । काठमाण्डौको तिनकुनेमा मुख्य कार्यलय रहेको सत्मार्ग फाउन्डेसन विशेषगरि मधेस प्रदेशमा शिक्षा र स्वास्थ क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था हो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ