Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

प्रधानन्यायाधीश नियुक्त गर्न बार एसोसिएसनले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण


ग्लोबल पाना
बिहीबार , चैत ३० २०७९
  • 190
    SHARES

  • images
    प्रधानन्यायाधीश नियुक्त गर्न बार एसोसिएसनले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण

    काठमाडौं । प्रधानन्यायाधीश नियुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेपाल बार एसोसिएसनका पदाधिकारीहरूले ध्यानाकर्षण गराएका छन् । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा नेपाल बार एसोसिएसनका पदाधिकारीहरू, पूर्व पदाधिकारीहरू र उपत्यकाका विभिन्न बार अध्यक्ष र पदाधिकारीहरूले प्रधानन्यायाधीश नियुक्त गर्न प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका हुन् ।

    images
    images
    images

    छलफलमा बारका पदाधिकारीहरूले १४ महिनादेखि सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश कायम रहेकाले तत्काल संवैधानिक परिषदको बैठक राखी प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । जवाफमा प्रधानमन्त्रीले संवैधानिक परिषदका पदाधिकारीहरूसँग समेत परामर्श गरी तत्काल बैठक बोलाई आवश्यक निणर्यमा पुग्न आफ्नो तर्फबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    सोहीक्रममा प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र र संविधानको रक्षा एवं न्याय प्रणालीमा सुधारका लागि बारले खेलेको भूमिकाको प्रशंसा गरे ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ