Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

कृषि उपजको उत्पादन तथा व्यापार गर्ने कम्पनी हो राष्ट्रिय खाद्य बैंक


ग्लोबल पाना
शनिबार, वैशाख २ २०८०
  • 641
    SHARES

  • images
    कृषि उपजको उत्पादन तथा व्यापार गर्ने कम्पनी हो राष्ट्रिय खाद्य बैंक

    ✍️अशिम सापकोटा 

    images
    images
    images

    प्राङ्गारिक उत्पादनलाई जोड दिने भन्दै स्थापना गरिएको राष्ट्रिय खाद्य बैंक बिगत २ बर्षदेखी संचालमा आइरहेको छ । ‘पोषिलो आहारका लागि दिगो कृषि’ भन्ने नाराका साथ स्थापना भएको राष्ट्रिय खाद्य बैँकले कृषिमा परनिर्भरता घटाउँदै प्राङ्गारिक उत्पादनमा जोड दिने उद्देश्य राखेको छ । राष्ट्रिय खाद्य बैंक कृषि उपजको उत्पादन तथा व्यापार गर्ने कम्पनीका रूपमा स्थापना भएको हो । बैंकमार्फत धान, गहुँ, मकै, तरकारी तथा फलफूलको उत्पादन तथा व्यापार गर्छौँ ।

    किसानसँग सहकार्य गर्दै उत्पादन बढाउँने समेत बैँकको लक्ष्य रहेको छ । राष्ट्रिय खाद्य बैंक स्थापना गर्नुको मुख्य उद्देश्य कृषिमा परनिर्भरता घटाउने, कृषि उत्पादन बढाउने, रोजगारी बढाउने र प्राङ्गारिक उत्पादनमा जोड दिएर जनस्वास्थ्यको विषयलाई सम्बोधन गर्ने रहेको छ ।

    कृषि क्षेत्रलाई आवश्यक पर्ने ज्ञान, सिप, बिउबिजन तथा मलजलको समुचित व्यवस्थापन गर्ने तथा दक्ष जनशक्ति विशेषज्ञ वैज्ञानिकको समेत सहभागितामा काम गर्ने बैंकले जनाएको छ । बैंक आफैंले खाद्यान्न, गेडागुडी, हरियो तरकारी, फलफूल, दहि, माछा, मासु, चिया, जडिबुटी लगायतको उत्पादन तथा व्यवस्थापन गर्ने बताएको छ ।

    कृषि क्षेत्रमा आवश्यक अध्ययन अनुसन्धान गरी ठाउँअनुसारको बाली उत्पादनमा प्रोत्साहन गर्ने पनि बैंकको लक्ष्य रहेको छ । कृषि उत्पादन बढाएर देशमा सबै खालका सर्वसाधाणलाई रोजगारी प्रदान गर्ने राष्ट्रिय खाद्य बैंक लिमिटेडले जनाएको छ ।

    विभिन्न क्षेत्रमा काम गरिरहेका मानिसहरुलाई कृषितर्फ ध्यान तान्ने र बेरोजगारी अन्त्य गरी अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्ने पनि बैँकको योजना रहेको छ । कृषिलाई औद्योगिकीरण गर्ने र आफ्नो खेतीमा आफैँ बाली लगाउने वातावरण बनाउनका लागि पनि बैंकले संवाहकको रुपमा रहनेछ ।

    राष्ट्रिय खाध बैंकमार्फत काम गर्दा बिचौलिया अन्त्य हुने र यसबाट किसानहरुले उत्पादन गरेका बालीहरु खाध बैंकमा बिक्री गर्न सक्ने तथा बैंकले उत्पादन भण्डारण प्रशोधन गरी सिधै उपभोक्तासँग बिक्री बितरण गर्नको लागि समेत ठाँउ ठाँउमा विक्रि केन्द्र समेत संचालन गर्ने योजनामा छ ।

    इको सिस्टमलाई संरक्षण गर्दै गुणस्तरको खाद्यान्न, तरकारी, फलफूल, जडिबुटी, चिया, कफी, अलैंची लगायतको सामाग्रीहरुको उत्पादन बढाएर विदेशमा बिक्रीबितरण गर्ने बैंकले जनाएको छ ।

    गुणस्तरीय खाद्य सामाग्रीको सुरक्षित भण्डार गरी बैंक मार्फत सेल्फ, डिपो र होम डेलिभरीहरु इ कमर्शबाट बिक्री बितरण गर्ने र कृषि क्षेत्रमा उत्पादन बढाउँदै व्यवसाय विस्तार गर्दै अघि बढ्ने लक्ष्यसहित बैंकले देशका बिभिन्न क्षेत्रमा रहेको सरकारी जग्गा, सामुदायिक बनका खाली जग्गा,गुठी, व्यक्तिका जग्गा लिजमा लिएर उत्पादन गर्ने समेत बैँकको लक्ष्य छ ।

    उत्पादनमा लागेका कृषकहरुलाई आवश्यक पर्ने बिउ, मल, कृषि औजारहरु, प्राविधिक ज्ञान दिने र उत्पादित खाद्य बस्तुहरु बैंकले नै किनिदिने ग्यारेन्टी लिने पनि बैंकले जनाएको छ । कृषि उत्पादनको लागि अल्पकालिन, दीर्घकालीन र मध्यकालीन योजना बनाएर अघि बढ्ने समेत बैँकको लक्ष्य छ ।

    बैंकले देशभरको किसानहरूसँग सहकार्य गरी गर्ने उद्देश्य लिएको बैंकले कृषि कम्पनीहरू, कृषि सहकारीहरू, कृषि समूहहरू, कृषिसँग सम्बन्धित अन्य संघसंस्थाहरूसँग पनि सहकार्य गरी अघि बढ्ने लक्ष्य लिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ