Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

आज देखी उर्जा सम्मेलन : नेपालवाट उत्पादित बिजुलीको अन्तर्राष्ट्रियकरणमा छलफल


ग्लोबल पाना
मंगलबार, वैशाख ५ २०८०
  • 214
    SHARES

  • images
    आज देखी उर्जा सम्मेलन : नेपालवाट उत्पादित बिजुलीको अन्तर्राष्ट्रियकरणमा  छलफल

    काठमाडौं । आज देखी काठमाडौंमा ऊर्जा सम्मेलन हुदैँछ । ‘हरित ऊर्जाको बजार विस्तारीकरण’ भन्ने नाराका साथ आठौं उर्जा सम्मेलन हुन लागेको हो । सम्मेलन आज र भोलि दुई दिनसम्म चल्ने छ ।

    images
    images
    images

    स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल ‘इपान’ ले आयोजना गरेको ऊर्जा सम्मेलनमा भारत, बंगलादेशलगायत ३० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुदैछन् ।

    सो सम्मेलनमा उर्जा क्षेत्र अनुसन्धानरत तथा कार्यरत झन्डै ३ सय भन्दा बढी प्रतिनिधिको सहभागिता रहने आयोजक इपानले जनाएको छ ।

    सो सम्मेलनमा विद्युत् उत्पादकहरू, बिद्युतीय क्षेत्रका नयाँ लगानीकर्ता, सो क्षेत्रमा लगानी गर्दै आएका र लगानीमा उत्सुक वित्तीय संस्था तथा परामर्शदाता कम्पनीका प्रतिनिधिहरुले सो सम्मेलनमा सहभागिता जनाउने छन् ।

    मुख्यतः नेपालवाट उत्पादित बिजुलीको अन्तर्राष्ट्रियकरणका लागि सो सम्मेलन लाभदायक हुने आयोजकले दावी गरेका छन ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ