काठमाडाैं । गैरआवासीय नेपाली संघ अर्थात एनआरएनए ले राष्ट्रिय आविष्कार केन्लाई ६३ लाख ९ हजार ७२ रुपैयाँ बराबरको सामग्री सहयोग गरेको छ ।
सामाजिक साझेदारीको अवधारणा अन्तर्गत एनआरएनएले १२ वैशाख २०७२ को विनाशकारी महाभूकम्पपछिको पुर्ननिर्माणका क्रममा सुरु गरेको लाप्राक बस्ती विकास आयोजनाका लागि खरिद गरिएका निर्माण उपकरण, औजार र सवारी साधन सहयोग गरेको हो ।
एनआरएनएले बालुवाटारस्थित एनआरएनए सचिवालयले खरिद गरेका फर्निचर तथा सामग्री पनि राष्ट्रिय आविष्कार केन्लाई सहयोग गरेको छ । उक्त उपकरण तथा सामग्रीहरु आविष्कार केन्ले वीरगञ्जस्थित कृषि औजार कारखाना लिमिटेडको पुनस्र्थापनाका लागि प्रयोग गरिने संघले जनाएको छ ।
उक्त अवसरमा संघका कार्यकारी अध्यक्ष रविना थापाले आविष्कार केन्का प्रमुख महावीर पुनले राष्ट्रिय आविष्कार केन्को स्थापनासहित मुलुकमा वैज्ञानिक अनुसन्धान, सूचनाप्रविधि तथा समाजका अन्य क्षेत्रमा राष्ट्रको उन्नति र संवद्र्धनका लागि पुर्याएको योगदानको प्रशंसा गरिन् ।
एनआरएनएले प्रदान गरेका ती उपकरणले प्रविधि र विज्ञानको क्षेत्रमा सहयोग पुग्ने विश्वास रहेको उनले बताइन् ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


