धरान । कार्यपालिका बैठक निरन्तर बहिष्कार गरेपछि धरानका मेयर हर्क साम्पाङले वडाअध्यक्षहरुको राजिनामा माग गरेका छन्। मेयर साम्पाङले बोलाएको बैठकमा मंगलबार पनि वडाअध्यक्षहरु अनुपस्थित भएका थिए।
दिउँसो २ बजे बोलाइएको बैठकमा वडा नं १४ का अध्यक्ष कृष्ण भट्टराई मात्र उपस्थित भएका थिए। अघिल्लो दिन सोमबार पनि कार्यपालिका बैठकमा ३ जना मात्र वडाअध्यक्षहरु आएका थिए। निरन्तर २ पटक बोलाइएको बैठक बहिष्कार गरेपछि मेयर साम्पाङले पदीय जिम्मेवारी पुरा नगरेको र जनादेशको अवहेलना गरेको भन्दै वडाअध्यक्षहरुले नैतिकताको आधारमा राजिनामा दिन आग्रह गरे।
उनले भने,‘यो तरिकाले चल्दैन। वडाअध्यक्षहरुले बैठक बहिष्कार गरिरहने हो र पदीय जिम्मेवारी पुरा नगर्ने हो भने उहाँहरुले नैतिकताको आधारमा राजिनामा दिनुपर्छ।’ मेयर साम्पाङले वडाअध्यक्षहरु जनताबाट के को लागी चुनिएको भन्ने पनि बुझ्न नसकेको बताए। उनले सानो कुरालाई उचालेर जनताको मतादेशलाई अवहेलना गरिरहेको भन्दै त्यसो नगर्न पनि सचेत गराए।
बैठक बहिष्कार गरिरहने हो भने आफू वैकल्पिक व्यवस्थामा जान पनि बाध्य हुने उनको भनाइ थियो। ‘बैठक बस्दिन भन्ने कारण के हो? जनताको मतादेशलाई यसरी अवहेलना गर्न मिल्छ? त्यसो गर्नेले राजिनामा दिएर बाटो प्रशस्त गरिदिनुपर्छ,’ उनले भने।
.gif)




 x 450 (H) Global Pana.jpeg)


