काठमाडौं । नविकरण प्रतिष्ठान नेपाल (अनाथ बालगृह) लाई आज मिति २०८०/०१/०९ गते शनिवारका दिन सफा मनका धनी सहयोगी दाताहरुले खाद्यान्न वितरण गर्नु भएको छ ।
यस अनाथ बालगृह ललितपुर महानगरपालिका वडा नं. २५ सैंबु स्थीत भैसेपाटीमा रहेको छ भने संस्थाका सन्चालक अध्यक्ष विषाल टमटा, सन्चालक प्रमुख सल्लाहकार विरेन्द्र बहादुर थापा रहनु भएको
सहयोगी मनका धनी ससस्त्र प्रहरी नायक उपरीक्षक समयानन्द बर्जाचार्य, समाजसेवी प्रेम गिरी, ज्योती प्रकाश वोगटी, सुरेश डंगोल, राजेन्द्र, धनपाल, सन्तोष, डा. कस बहादुर कठायत लगायतका सहयोगी दाताहरुले संस्थालाई खाद्यान्न साथै विभिन्न सामाग्रीहरु सहयोग गर्नु भएको थियो ।

यस्तै, ६० बोरा चामल, एक कार्टुन तेल,५० केजी दाल, मन्जन, अण्डा,सरफ लगायतका सामाग्रीहरु वितरण गर्नु भएको हो । सामाग्री वितरण गरे लगतै संस्थाका सल्लाहकार विरेन्द्र थापाले सहयोगी दाताहरुलाई विशेष धन्यवाद दिनु भएको छ । थापा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाका स्वकीय सचिबका वरिष्ठ सल्लाहकार हुनुहुन्छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


