काठमाडौं । पाल्पामा आइतबार बिहान बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। १८ जना घाइते भएका छन्। घाइतेहरूको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
बस भीरमा अड्किएको अवस्थामा छ। घाइते यात्रुहरुको उद्धार भइरहेको छ। बसमा यात्रु कति थिए भन्ने यकिन भइनसकेको प्रहरीले जनाएको छ।
बुटवलबाट पाल्पाको लागि छुटेको लु१ख ५९५६ नम्बरको बस सिद्धार्थ राजमार्गअन्तर्गत जोरधारा नजिकै आज बिहान दुर्घटनामा परेको हो।
.gif)




 x 450 (H) Global Pana.jpeg)


