काठमाडौं । चितवनको क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरका साथ विजयी भएका छन् ।
आइतबार उपनिर्वाचन भइ सोमबारबाट भएको मतगणनामा सभापति लामिछाने मंसिर ४ गतेको आफ्नो मतान्तरमा नयाँ रेकर्ड कायम गर्दै विजयी भएका हुन् ।
भर्खरे सकिएको मतगणनाको परिणाम अनुसार लामिछानेले ५४ हजार १७६ मत ल्याएका छन् भने दोश्रो रहेका नेपाली कांग्रेसका जितनारायाण श्रेष्ठले ११ हजार २१४ मत ल्याएका छन् ।
तेश्रो भएका नेकपा (एमाले)का उम्मेदवार रामप्रसाद न्यौपानेले जम्मा १० हजार ९३६ मत ल्याएका छन् ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


