Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

एमालेका ‘फरार सांसद’ कोइरी उद्योग समितिमा सिफारिस


ग्लोबल पाना
शुक्रबार, वैशाख १५ २०८०
  • 214
    SHARES

  • images
    एमालेका ‘फरार सांसद’ कोइरी उद्योग समितिमा सिफारिस

    काठमाडौं । संघीय संसदका ‘फरार सांसद’ लक्ष्मी महत्तो कोइरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सिफारिस भएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघीय संसद सचिवालयमा बुझाएको विवरण अनुसार सांसद कोइरी उद्योग समितिमा सिफारिस भएका हुन । सो सिफारिस अनुसार प्रतिनिधिसभा बैठकले अब उनको नाम अनुमोदन गर्नेछ ।

    images
    images
    images

    मधेस आन्दोलन-२ को क्रममा महोत्तरीमा कार्यरत असई थमन बिकको हत्यामा संलग्न भएको भन्दै उनलाइ सजायँ सुनाए पछि कोइरी ‘फरार’ रहेका छन् । तर, उनले संसद सचिवालयमा पत्र लेखेर स्वास्थ्यका कारण देखाउँदै बैठकमा उपस्थित हुन नसकेको जनाउँदै आएका छन् । बिना सुचना १० पटकसम्म लगातार बैठकमा अनुपस्थित भएमा स्वतः सांसद पद खारेज हुने भए पछि कोइरीले पत्र लेखेर उपस्थित हुन नसकेको जनाएका हुन ।

    यसैगरी, सबै संसदीय समितिमा पहाडीया तथा खस आर्य समुदायका सदस्य रहे पनि उद्योग समितिमा भने एकजना पनि पहडिया खस समुदायको सदस्य सिफारिस भएका छ्रैनन । कोइरीसमेत रहेको सो समितिमा रघुवीर महासेठ, शान्ति चौधरी, अमृतादेवी अग्रहरी, हेमराज राई, लालप्रसाद साँवा, रामशंकर यादव, मंगलप्रसाद गुप्ता रहेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ