Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सरकारी सम्मान तथा पुरस्कारमा २ प्रतिशत मजदुरलाई समावेश गरिने : प्रधानमन्त्री


ग्लोबल पाना
सोमबार, वैशाख १८ २०८०
  • 213
    SHARES

  • images
    सरकारी सम्मान तथा पुरस्कारमा २ प्रतिशत मजदुरलाई समावेश गरिने : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्ड ले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई अनिवार्य र कडाइका साथ लागू गर्न पहल गर्ने जनाएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवस (१ मई) को अवसरमा प्रधानमन्त्री प्रचण्डले आज जारी गरेको शुभकामना सन्देशमा सामाजिक सुरक्षा कार्यक्रमलाई सम्पूर्ण औद्योगिक प्रतिष्ठान, उद्योग र कार्यालयमा अनिवार्य र कडाइका साथ लागू गर्न पहल गरिने उल्लेख गरेका हुन ।

    images
    images
    images

    ’रास्ट्रका उच्च स्थानबाट वार्षिक रुपमा प्रदान गरिने विभिन्न सम्मान तथा पुरस्कारमा यसै वर्षदेखि लागू हुने गरी कम्तिमा २ प्रतिशत मजदुरलाई समावेश गर्ने नीति लिइने जानकारी गराउँदछु’,  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भनेका छन, ’अनिवार्य रुपमा आफ्ना मजदुरहरुलाई उचित पेशागत तालिम दिन, आधुनिक सामग्री प्रयोग गर्न, सुरक्षासहितको उपयुक्त पोशाक प्रयोग गर्न तथा कामको नियमित अनुगमन गर्न निर्देशन दिइएको जानकारी गराउँदछु।’

    यस्तो छ प्रधानमन्त्रीको शुभकामनाः

    अन्तर्राष्ट्रिय श्रमिक दिवस (१ मई) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूणर् श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिसहित उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । आठ घण्टाको कार्यदिनको मागसहित आफ्नो अधिकारका निमित्त अमेरिकाको शिकागो शहरका मजदूरहरुले गरेको संघर्षलाई स्मरण गर्दै नेपाललगायत विश्वभरका मजदूरहरुले १ मईको दिनलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा मनाउँदै आएका छन ।

    अन्तर्राष्ट्रिय श्रमिक दिवसको यस ऐतिहासिक दिनमा म नेपालसहित विश्वका सम्पूणर् श्रमजीवी वर्गसँग जुझारु ऐक्यवद्धता प्रकट गर्दछु । नेपालमा श्रमजीवी जनसमुदायले आफ्नो अधिकारका निमित्त संघर्ष र वलिदानका अनेकौं कीर्तिमान कायम गरेका छन् । किसान र मजदूरसहित उत्पीडित जाति, क्षेत्र, लिङ्ग र समुदायका जनताको संघर्ष र बलिदानको कीर्तिमानकै कारण आज देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । नेपाल अहिले विकास, समृद्धि, स्थिरता र सुशासनको व्यावहारिक अभ्यासको चरणमा प्रवेश गरेको छ ।

    मई दिवसको अवसर पारेर प्रधानमन्त्रीका रुपमा मैले नेपाली श्रमिक जनसमुदाय खास गरी किसान मजदूरको हक, हित र अधिकारका पक्षमा आफूलाई उभ्याउने प्रण गर्दछु । नेपाली श्रमजीवी जनतालाई सामाजिक न्यायसहितको समृद्धिको नयाँ युगमा पुर्‍याउने ऐतिहासिक जिम्मेवारी हाम्रा सामु छ । यो जिम्मेवारी पूरा गर्न म अनवरतरुपमा लागिरहने प्रण गर्दछु । रास्ट्रका उच्च स्थानबाट वार्षिक रुपमा प्रदान गरिने विभिन्न सम्मान तथा पुरस्कारमा यसै वर्षदेखि लागू हुने गरी कम्तिमा २ प्रतिशत मजदुरलाई समावेश गर्ने नीति लिइने जानकारी गराउँदछु ।

    यसैगरी सम्पूर्ण मजदुरहरुको काम, कर्तव्य र अधिकार स्पष्ट पार्दै सेवा शर्त र सुविधा निश्चित र बैधानिक गर्न अनुगमनकारी निकायलाई सक्रिय बनाइने प्रतिवद्धता व्यक्त गर्दछु । साथै अदक्ष तथा अप्रमाणित अवस्थामा जोखिमपूर्ण काम गरिरहेका सबै सरसफाई मजदुरहरुलाई आगामी आर्थिक वर्षभित्र दक्ष बनाउने उद्देश्यका साथ सरकारी निकाय र जिम्मेवार संस्थाहरुले अनिवार्य रुपमा आफ्ना मजदुरहरुलाई उचित पेशागत तालिम दिन, आधुनिक सामग्री प्रयोग गर्न, सुरक्षासहितको उपयुक्त पोशाक प्रयोग गर्न तथा कामको नियमित अनुगमन गर्न निर्देशन दिइएको जानकारी गराउँदछु ।

    आगामी आर्थिक वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सम्पूणर् औद्योगिक प्रतिष्ठान, उद्योग र कार्यालयहरूमा अनिवार्य र कडाइका साथ लागू गर्न पहल गरिने जानकारी गराउँदछु । अन्त्यमा पुनः नेपाल र विश्वका मजदूरहरुमा बधाई तथा शुभकामना व्यक्त गर्दछु । १८ वैशाख, २०८० (१ मई, २०२३) पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ