Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

अयोग्य लडाकुलाई २ लाख दिने निणर्यबाट पछि हट्न सकिँदैन : प्रधानमन्त्री


ग्लोबल पाना
सोमबार, वैशाख १८ २०८०
  • 476
    SHARES

  • images
    अयोग्य लडाकुलाई २ लाख दिने निणर्यबाट पछि हट्न सकिँदैन : प्रधानमन्त्री

    चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीका प्रत्येक अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने सरकारको निणर्यबाट पछि हट्न नसकिने बताएका छन् । 

    images
    images
    images

    चितवनमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रत्येक अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने निणर्य परिवर्तन नहुने बताएका हुन् । उनका अनुसार किस्ताबन्दीमा लडाकुलाई दुई लाख रुपैया दिइनेछ ।

    माओवादी अयोग्य लडाकुलाई आर्थिक सहयोग गर्ने निणर्य वर्तमान सरकारले नगरेको दाबी गर्दै उनले एमालेका विष्णु पौडेल अर्थमन्त्री र टोपबहादुर रायमाझी शान्ति मन्त्री हुँदा भएको निणर्य अहिले कार्यान्वयन गर्न लागेको बताए । तर, उक्त निणर्य कार्यान्वयन गर्न खोज्दा अर्थतन्त्र नै संकटमा पर्न लागेको जस्तो गरी प्रचार गरिएको उनको टिप्पणी छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ