Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

रास्वपा सरकारमा सहभागी भए भ्रष्टाचारको फाईल खोल्न प्रधानमन्त्री तयार


ग्लोबल पाना
सोमबार, वैशाख १८ २०८०
  • 244
    SHARES

  • images
    रास्वपा सरकारमा सहभागी भए भ्रष्टाचारको फाईल खोल्न प्रधानमन्त्री तयार

    चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू भ्रष्टाचारका फाइल खोल्न तयार रहेको बताएका छन् । चितवन गएका प्रधानमन्त्री प्रचण्डले पत्रकारहरूसँग कुराकानी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा सहभागी भए आफू भ्रष्टाचारका फाइल खोल्न तयार रहेको बताए ।

    images
    images
    images

    यसअघि रास्वपाले न्यूनतम साझा कार्यक्रमबाट ‘भ्रष्टाचारका फाइल खोल्ने’ आफ्ना बुँदा हटाइएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता गर्ने सङ्केत अभिव्यक्ति दिएको थियो । त्यसपछि प्रधानमन्त्री प्रचण्डले रास्वपा सभापति रवि लामिछानेलाई सरकारमा आउन आग्रह गरेका हुन् ।

    “सरकारमा आउनुस्, भ्रष्टाचारको कुनचाहिँ फाइल हो म खोल्न तयार छु,” प्रधानमन्त्री प्रचण्डले भनेका छन् । उनले तत्काल सरकार परिवर्तन नहुने पनि बताए । सरकार परिवर्तन हुन्छ भन्नु भ्रममात्रै भएको जिकिर गर्दै उनले भनेका छन्, ‘सरकार यताउता हुन्छ भन्नु भ्रम हो, सरकार पाँचैवर्ष चल्छ।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ