काठमाडौं । नेकपा (एमाले)ले आफ्नो पार्टीका सचिव टोपबहादुर रायमाझीको बयचाउ नगर्ने भएको छ । नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने आश्वासन दिइ रकम असुल्ने गिरोमा संलग्न भइ प्रहरीले आज पक्राउ गरेका रायमाझीको अनुसन्धानमा सघाउने भन्दै एमालेले यस प्रकरणलाई राजनीतिक रंग दिनु नहुनेमा जोड दिएको हो ।
एमालेले पूर्वउपप्रधानमन्त्रीसमेत भइसकेका पार्टी सांसद रायमाझीमाथिको अनुसन्धानमा सघाउने समेत बताएको छ । एमालेका एक केन्द्रीय नेताले बताए अनु्सार देशको कानून नमानी गल्ती गरेर दोषी देखिए कठघरामा ल्याउन पार्टीले उल्टै सहयोग गर्ने बताएको हो ।
नक्कली डकुमेन्टका आधारमा भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काममा जोडिएको भन्दै सचिव रायमाझीविरुद्ध बुधबार वारेन्ट जारी भएको थियो । उनलाई प्रहरीले बिहीबार भैरहवाबाट पक्राउ समेत गरिसकेको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


