Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नक्कली शरणार्थी प्रकरणमा गृहमन्त्रालयको कार्य प्रशंसनीय छ : गगन थापा


ग्लोबल पाना
बिहीबार , वैशाख २१ २०८०
  • 205
    SHARES

  • images
    नक्कली शरणार्थी प्रकरणमा गृहमन्त्रालयको कार्य प्रशंसनीय छ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली शरणार्थी प्रकरणमा गृह मन्त्रालयले चालेको कदम प्रशंसनीय रहेको बताएका छन् । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै मोटो रकम असुल्ने गिरोहमा सक्रिय उच्च पदस्थहरु पक्राउ परिरहेका बेला महामन्त्री थापाले गृह प्रशासनको यस कदमको प्रशंसा गरेका हुन् ।

    images
    images
    images

    महामन्त्री थापा लेख्छन् - “नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगी प्रकरणको अनुसन्धानका क्रममा ‘ठगी गिरोहको भीआईपी जालो’ उजागर हुँदै गएको छ । यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ । यो घटना होइन प्रवृत्ति हो ।”

    उनले यस प्रकरणमा संलग्न जोसुकै ओहदा र शक्तिको आडमा भएका व्यक्तिलाई कानुनको दायरामा ल्याउनु पर्ने बताएका छन् । उनले भने, “अझै गहिरोसँग अनुसन्धान होस् । कोही नछुटुन् ।”

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ