काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ’मानव सेवा आश्रम’प्रति भित्रैदेखि सम्मान र अभिनन्दन व्यक्त गर्नुभएको छ।
शनिबार विहान वनस्थली, खरिबोटस्थित आश्रमस्थलका व्यक्तिहरूलाई खाना खुवाउने कार्यक्रममा सरिक हुदै उहाँले आश्रमको गतिविधिबारे विस्तृत जानकारी लिनुभएको हो ।
उपभोक्तावादले ग्रस्त आजको समाजमा आश्रमले १० बर्षदेखि ’सहयोगापेक्षी सडक आश्रीत मानव मुक्त राष्ट्र’ जस्तो महत्त्वपूर्ण अभियानको प्रभावकारी संचालन गर्न सकेकोमा उहाँले खुसी प्रकट गर्नुभयो।
आश्रमले २०८२ सम्ममा सडक मानव मुक्त राष्ट्रको उद्देश्य सफल गरिछाड्ने लक्ष्य लिएको छ। हाल देशभरीका २३ आश्रममा १६ सयभन्दा बढी आश्रीतहरू छन्, जो विभिन्न पारिवारिक समस्या, परिवार पहिचानको समस्या र रोग आदिका कारणले सडकमा पुगेका हुन्।
.gif)




 x 450 (H) Global Pana.jpeg)


