Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

प्रधानमन्त्रीको पनि नाम आयो, नोट गर्नुस् है : पूर्व गृहमन्त्री खाँड


ग्लोबल पाना
बुधबार, वैशाख २७ २०८०
  • 217
    SHARES

  • images
    प्रधानमन्त्रीको पनि नाम आयो, नोट गर्नुस् है : पूर्व गृहमन्त्री खाँड

    काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले आफू निर्दोष रहेको दाबी गरेका छन् । म्याद थपका लागि आज अदालत लगिनुअघि जिल्ला सरकारी वकिलको कार्यालयमा उनले आफूमाथि लागेका आरोपहरु अस्वीकार गरे ।

    images
    images
    images

    खाणले आफूलाई विनाकारण प्रहरीले समातेको गुनासो गरेका थिए । प्रहरी स्रोतका अनुसार ‘कोही पनि मान्छे अमेरिका नगएकाले ठगी भएको भन्न नमिल्ने’ उनको तर्क थियो । प्रहरीले भने खाणको संलग्नताको प्रमाण भेटिएको भन्दै हचुवामा पक्राउ नगरिएको बताए । ‘पूर्वमन्त्री जस्तो मान्छेलाई यत्तिकै समात्ने कुरा आउँदैन’, प्रहरीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘प्रमाणविना हल्लाका भरमा हामी काम गर्दैनौं ।’

    खाणले प्रहरीलाई प्रश्न गरे, ‘मैले मान्छे ठगेको भनिरहेका छन् । जब कोही पनि विदेश नै गएका छैनन् भने कसरी ठगेको हुन्छ ?’ खाणले यसरी अड्डी लिएपछि प्रहरीले हिजो पक्राउ गरेका दुई बिचौलिया (रामशरण केसी र गोविन्द चौधरी) लाई उनको अगाडि उभ्याएको थियो ।

    उनीहरुलाई ‘तिमीहरुले पैसा कसलाई दिएका हौ ?’ भनेर प्रहरीले सोधेका थिए । दुवैले जवाफ दिए, ‘हामीले जसलाई पैसा दिएका थियौं, उनीहरुले मन्त्रीलाई, गृहमन्त्रीलाई, प्रधानमन्त्रीलाई बुझाउनुपर्छ भनेका थिए ।’ बिचौलियाको यस्तो जवाफपछि खाणले हौसिएर भने, ‘सुन्नुभयो !

    गृहमन्त्रीमात्र होइन, प्रधानमन्त्री पनि भन्दै हुनुहुन्छ उहाँहरु । नोट गर्नुस् है, यो पनि ।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ