Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

दोस्रो जनआन्दोलनका ‘जिउँदो शहिद’ मुकेश कायस्थको निधन


ग्लोबल पाना
बिहीबार , वैशाख २८ २०८०
  • 195
    SHARES

  • images
    दोस्रो जनआन्दोलनका ‘जिउँदो शहिद’ मुकेश कायस्थको निधन

    बनेपा । दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन भएको छ । बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ ।

    images
    images
    images

    २०६२-०६३को १९ दिने जनआन्दोलनको क्रममा वि.स. २०६२ चैत २७ गते बनेपामा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली कञ्चटमा लागेको थियो । गोलीका कारण उनी अचेत बनेका उनलाई ११ महिनासम्म अस्पतालमा राखिएको थियो ।

    गोलीका कारण उनलाई पक्षघात भएको थियो, जसका कारण त्यसयता उनी हिँडडुल समेत गर्न सक्दैनथे। गोली लाग्दा मुकेश १४ वर्षका मात्र थिए ।

    बनेपा नगरपालिका वडा नम्बर ८ स्थायी घर भएका मुकेश २०४८ साल भदौ ९ गते काभ्रेको बनेपामा मिरा कायस्थ र कृष्णमान कायस्थको छोराको रुपमा जन्मिएका मुकेश कायस्थ गोली लागेको १७ बर्ष लाग्दा पनि अर्धचेत थिए ।

    सरकारले मुकेशको उपचार खर्च वापत १५ हजार मासिक, एक सुसारेको लागि ६ हजार २ सय भत्ता र एक नर्स नियमित उपलब्ध गराउँदै आएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ