Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

हरिनास गाउँपालिकामा सम्पन्न भयो पशु स्वास्थ्य  शिविर 


ग्लोबल पाना
बिहीबार , वैशाख २८ २०८०
  • 261
    SHARES

  • images
    हरिनास गाउँपालिकामा सम्पन्न भयो पशु स्वास्थ्य  शिविर 

    स्याङ्जा । नेपाल पाराभेटेरिनरी एन्ड लाइभस्ट्क एसोसिएसन अर्थात नेभ्लाको स्याङजा जिल्ला  कार्यसमितिको आयोजनामा हरिनास गाउँपालिका वडा नं  ६ दग्दी  स्याङ्जामा एक दिने   पशु स्वास्थ्य  शिविर  सम्पन्न  भएको  छ । हरिनास गाउँपालिकाकि उपाध्यक्ष इन्द्रा कुमारी  थापा रानाले कार्यक्रमको उद्घाटन  गरेकि हुन् । कार्यक्रममा नेभ्लाका पुर्व केन्द्रिय सदस्य लेखनाथ अर्यालले स्वागत मन्तव्य राखेका थिए ।

    images
    images
    images

    सो शिबिरमा जम्मा २३२ जना किसानका ४७६ वटा  पसुहरुको  उपचार  सेवा   लिएका थिए । गोबर जाँच, दुध परीक्षण, पशु उपचार सेवा, बन्ध्याकरण, रेबिज खोप तथा पसु पालन सम्बन्धि  आवश्यक  परामर्श  दिइएको थियो । कार्यक्रममा जिल्ला भित्रका १५ जना पशु-स्वास्थ प्राविधिकहरुले आफ्नो प्राबिधिक सेवा प्रदान गरेका थिए, उक्त शिविरमा गरिएको  गोबर परिक्षण गर्दा अधिकांश  पशुको  गोबरमा नाम्ले तथा पारामफिस्टोम (गहते  किरा) को प्रकोप अधिकांशमा देखिएको  थियो ।

    शिविरको आयोजना नेभ्ला कार्य समिती स्याङ्जा, लक्षित स्थानीयहरुको उपस्थित तथा  व्यवस्थापन हरिनास गाउँपालिका वडा नं ६ दग्दीले गरेको थियो । कार्यक्रम हरिनास गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष दिलु रानाले सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रम नेभ्ला  जिल्ला कार्य समितीका अध्यक्ष डिल्लीराम अर्यालले गरेका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ