Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

एमालेले ‘देशैभरि-छोराछोरी’ अभियान सुरु गर्ने


ग्लोबल पाना
शुक्रबार, वैशाख २९ २०८०
  • 195
    SHARES

  • images
    एमालेले ‘देशैभरि-छोराछोरी’ अभियान सुरु गर्ने

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले ‘मिसन ग्रासरुट’ सम्पन्न गर्दै ‘देशैभरि-छोराछोरी र भावी वडा नेता’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय ललितपुर, च्यासलमा बिहीबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा मिसन ग्रासरूट कार्यक्रम’दयगत समीक्षा गर्दै देशैभरि छोराछोरी र भावी वडा नेता कार्यक्रम सञ्चालन गर्ने’दयगत छलफल गर्न अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका छन् ।

    images
    images
    images

    एमालेले आयोजना गरेको मिसन ग्रासरूटका कार्यक्रममा युवाको उपस्थिति कम भएको निष्कर्ष निकाल्दै दुईमहिने अभियानमा युवाको आकर्षण घटिरहेको देखिएको उल्लेख गर्दै अध्यक्ष ओलीले यस्तो प्रस्ताव गरेका हुन् । ‘अहिलेका युवाहरू’ आफैं नेता, आफैं प्रधानमन्त्री’ जस्ता न्यारेटिभ्सबाट प्रभावित देखिन्छन् । यसलाई कसरी सम्बोधन गर्ने ? के हामी प्रत्येक वडामा १० जनाका दरले भावी वडा नेता कार्यक्रम चलाउन सक्छौं ?’ अध्यक्ष ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन् ।

    पार्टी संरचनामा पाका नेता/कार्यकर्ताको संख्या अति कम देखिएको प्रतिवेदनमा उल्लेख छ । औसत उमेर ४५ को हाराहारीमा देखिएकाले ओलीले ३५ वर्षमुनिका युवालाई लक्षित गरी अभियान चलाउनुपर्ने प्रस्ताव गरेका छन् । अभियानका क्रममा युवाको खोजी भएको उल्लेख गर्दै उनीहरूलाई प्रशिक्षण कार्यक्रम (इन्कुभेसन सेन्टर) खोल्नुपर्ने प्रस्ताव पनि अध्यक्ष ओलीको छ ।

    नेता-कार्यकर्ताकै छोराछोरी पार्टीमा नजोडिएको कुरालाई सम्बोधन गर्ने ‘देशैभरि-छोराछोरी’ अभियान सञ्चालनका लागि प्रस्ताव गरिएको हो । एमालेले १० वैशाखमा सम्पन्न तीन क्षेत्रको उपनिर्वाचनको समीक्षा गर्दै संख्यात्मक नभए पनि गुणात्मक हानि पार्टीले बेहोरेको उल्लेख छ । उपनिर्वाचन भएका क्षेत्रमा मंसिर ४ भन्दा मत घट्नु चिन्ताको विषय रहेको उल्लेख गर्दै उनको प्रतिवेदनमा भनिएको छ, ‘संख्यात्मक क्षति बेहोर्नु नपरेको भए पनि पार्टीको मतमा उल्लेखनीय मतको कमी आउनु चिन्ताको विषय हो ।’

    मंसिरमा सम्पन्न आमनिर्वाचनका तुलनामा उपनिर्वाचनमा मत घट्नु र वर्तमान सत्ताको विकल्प एमाले हो भन्ने निर्विवाद तथ्यमा समेत प्रश्न उठ्ने खालको परिणाम आउनु गम्भीर समीक्षाको विषय भएको बताइएको छ । यस विषयमा सम्बन्धित प्रदेश र क्षेत्रले समीक्षा गर्नुपर्ने ओलीको भनाइ रहेको छ ।

    अध्यक्ष ओलीले २०७८ सालमा सर्वोच्च अदालतको फैसलाबाट गलत बाटोमा अघि बढेको देशलाई आमनिर्वाचनपछि फेरि नयाँ कोर्समा लैजाने प्रयास भए पनि त्यो प्रयास असफल भएको बताएका छन् । उनले माओवादी केन्द्रको चरित्रबाट एमाले अपरिचित नरहेको दाबी गर्दै यसपटकबाट माओवादीको व्यवहारले राजनीति थप विकृत, बदनाम र विवादित बन्न पुगेको बताएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ