Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

लागुऔषधसहित पाँच जना पक्राउ


ग्लोबल पाना
शुक्रबार, वैशाख २९ २०८०
  • 209
    SHARES

  • images
    लागुऔषधसहित पाँच जना पक्राउ

    काठमाडौं । कञ्चनपुर, बाँके र मोरङबाट लागुऔषधसहित पाँचजना पक्राउ परेका छन् । कञ्चनपुरको भिमदत्त नगरपलिका-१८ सालघारीबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब २ ग्राम ९१ मिलिग्राम, नगद ३२ हजार ६ सय ३५ रूपैयाँ र मोबाइल ३ थानसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय कमलेश गिरी र २३ वर्षीय पंकज चन्द रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

    images
    images
    images

    बाँकेको बैजनाथ गाउँपालिका-६ सम्झनाचोकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय २० मिलिग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-३ बस्ने २३ वर्षीय अजयमान चौधरी र सोही ठाउँ बस्ने २० वर्षीय शिव थारु रहेका छन् । प्रहरी चौकी सम्झनाचोकबाट खटिएको प्रहरीले बर्दियाबाट कोहलपुरतर्फ आउँदै गरेको भे.११ प १९७१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

    मोरङको विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम ८६ मिलिग्रामसहित धनकुटा, धनकुटा नगरपालिका-६ बस्ने ३४ वर्षीय गणेश कुमार पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ