Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

बैदेशिक रोजगारीबाट फर्केकाले २ वटा मोबाईल ल्याउन पाउने, भन्सारशुल्क नलाग्ने


ग्लोबल पाना
सोमबार, जेठ १ २०८०
  • 205
    SHARES

  • images
    बैदेशिक रोजगारीबाट फर्केकाले २ वटा मोबाईल ल्याउन पाउने, भन्सारशुल्क नलाग्ने

    काठमाडौं । आजबाट विदेशबाट फर्केका नेपालीले २ वटासम्म मोबाइल ल्याउन पाउने भएका छन् । दुरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) आज जेठ १ गतेबाट लागु गरे पछि दुईवटासम्म मोबाईल नेपाल ल्याउन पाउने भएका हुन् ।

    images
    images
    images

    ‘श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई कम्तीमा लगातार ६ महिना काम गरी फर्किएका नेपाली नागरिकले थप १ थान मोबाइलसमेत ल्याएमा कुनै महसुल नलाग्ने गरी वैशाख २६ गतेको मन्त्रिपरिषद्बाट निणर्य भएको छ,’ भन्सार विभागले जारी गरेको सुचनामा भनिएको छ । तर, यो सुबिधा बैदेशिक रोजगारीवाट फर्केकाले मात्र पाउने बिभागको भनाई छ ।

    निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश २०७७ को पुरानो व्यवस्थालाई संशोधन गर्दै २ वटा मोबाइल ल्याउन दिने गरी नयाँ व्यवस्था गरे पछि यो सुबिधा अब प्रत्येक नेपालीले पाउन लागेका हुन् ।

    ‘व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेटहरू एमडीएमस प्रणालीमा स्वत दर्त हुने व्यवस्था गरिएको छ,’ प्राधिकरणे सर्वसाधारणका लागि भनेको छ, ‘निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश २०७७ बमोजिम व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइएका मोबाइल सेटहरु सम्बन्धित व्यक्ति स्वयमले दर्त गर्न सक्ने छन्।’

    यसरी ल्याईएको मोबाइल दर्ताका लागि राहदानी वा नागरिकता विदेशबाट फर्किदा राहादानीको पृष्ठ वा बोर्डिङ पास अपलोड गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ