Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

पूर्वगृहमन्त्री खाँणको सरकारी वकिल कार्यालयमा बयान सुरु


ग्लोबल पाना
सोमबार, जेठ १ २०८०
  • 224
    SHARES

  • images
    पूर्वगृहमन्त्री खाँणको सरकारी वकिल कार्यालयमा  बयान सुरु

    काठमाडौं । नक्कली भुटानी शरणार्थी पक्ररणमा पक्राउ पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान सुरु भएको छ। बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा नेपाली कांग्रेसका नेतासमेत रहेका खाँणको वयान सुरु भएको हो।

    images
    images
    images

    गत बिहीबार पक्राउ परेका पूर्वगृहमन्त्री खाँण माथि अनुसन्धान गर्नका लागि जिल्ला अदालत, काठमाडौंले हिजो ४ दिनको म्याद थप गरिए पछि आज पुनः सरकारी वकिलको कार्यालयमा बयान दिन ल्याइएको हो। टेकु परिसरको हिरासतमा ४ दिनदेखि रहँदै आएका खाँणले सो घटनामा आफनो संलग्नता अस्विकार गर्दै आएका छन्।

    उनले हिजो पनि सञ्चारकर्मीसँग भने, ‘यसमा मेरो कुनै संलग्नता रहेको छैन।’ यद्यपि, सो प्रकरणमा पक्राउ परेका केशव दुलाल र सानु भण्डारीले आफनो बयानको क्रममा गृहमन्त्री खाँणलाई मन्त्रालयमा नै पुगेर १ करोड ४६ लाख रुपैयाँ बुझाएको प्रहरी स्रोतले यसअघि नै खुलासा गरिसकेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ