Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

प्रतिनिधिसभाको कार्यसुचीमा एक बुँदा थपियो, हेर्नुहाेस् नयाँ कार्यसुची


ग्लोबल पाना
सोमबार, जेठ १ २०८०
  • 199
    SHARES

  • images
    प्रतिनिधिसभाको कार्यसुचीमा एक बुँदा थपियो, हेर्नुहाेस् नयाँ कार्यसुची

    काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठकमा एक कार्यसुची थप भएको छ। संघीय संसद सचिवालयले यसअघि सार्वजनिक गरेको सम्भावित कार्यसुची भन्दा थप एक विषय थपेर नयाँ कार्यसुची सार्वजनिक गरिएको छ।

    images
    images
    images

    जसअनुसार ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली संसोधन समिति गठन गरियोस’ भनी समितिमा रहने माननीय सदस्यहरुको नामावली प्रस्ताव हुने भएको छ। प्रतिनिधिसभाको दोस्रो अधिवेसनको पाँचौ बैठक सुरू हुन लागेको छ।

    बैठक अपरान्ह १ बजे, बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने भनिएको थियो। यसअघि सार्वजनिक भएको कार्यसुचीमा दुइवटा मात्र बुदाँ उल्लेख थियो। जसअनुसार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘भ्रष्टचार निवारण (पहिलो संसोधन) विद्येयक २०७७ लाई दफावार छलफलका लागि सम्बन्धित समिति पठाईयोस भन्ने प्रस्ताव पेश गर्नेछन्।

    यसैगरी, आज सार्वजनिक गरिएको सम्भावित कार्यसुचीमा संविधानसभा सदस्य पुरोषत्तम बस्नेतको निधनमा शोक प्रस्ताव पारित गरिने महासचिव भरतराज गौतमले जानकारी दिए। बस्नेतको गत २०८० बैशाख २९ गते ७८ वर्षको उमेरमा निधन भएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ