Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

तारकेश्वर नगरपालिकाले आगामी ५ वर्षे योजना बनाउँदै


ग्लोबल पाना
बिहीबार , वैशाख २८ २०८०
  • 207
    SHARES

  • images
    तारकेश्वर नगरपालिकाले आगामी ५ वर्षे योजना बनाउँदै

    काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाले २०/२५ वर्षीय दृष्टिकोण र आगामी ५ वर्षे आवधिक योजना निर्माण सुरु गरेको छ। आवधिक योजनाको लागि पहिलो चरणको अन्तरक्रिया र छलफल कार्यक्रम नगरप्रमुख कृष्ण हरि महर्जनको अध्यक्षतामा बुधबार सम्पन्न भएको हो।

    images
    images
    images

    त्यसैगरी कार्यक्रममा नगर उप-प्रमुख सिर्जना बुर्लाकोटी, प्रमुख प्रशासकीय अधिकृत डा. कृष्णबहादुर घिमिरे, वडा अध्यक्षहरु, वडा सदस्यहरु, कार्यपालिका सदस्यहरु साथै नगरपालिका अन्तर्गत विभिन्न शाखाका शाखा प्रमुखहरु, लगायत करिब ७० जनाको उपस्थिति रहेको थियो।

    उक्त अवसरमा परामर्शदाताको तर्फबाट आवधिक योजना सम्बन्धमा विभिन्न प्रस्तुतीकरण गरिएको थियो। प्रस्तुतिको क्रममा आवधिक योजना के हो ? कसरि ल्याएर गर्ने ? र सो तयारीका प्रक्रियाहरु के-कसरी अगाडी बढ्छन भन्ने समेत प्रकाश पारिएको थियो।

    परामर्शदाताको तर्फबाट डा शेष रमण न्यौपाने र सुरेन्द्र वाग्ले प्रस्तोता रहेका थिए भने कार्यक्रमलाई सागर अर्यालले संचालन गरेका थिए। नगरको विकास लक्ष्य हासिल गर्न हालको यथार्थ तथ्यांकसहितको विश्लेषण र भावी योजनासहित ५ वर्षे आवधिक योजना निर्माणमा लागेको नगरप्रमुख कृष्ण हरि महर्जनले जानकारी दिए ।

    उनका अनुसार उद्योग, व्यापार, स्वास्थ्य, शिक्षा, कृषि, र रोजगारको अभिवृद्धिः तारकेश्वर नगरको ‘पहिचान अपनत्व, अधिकार,,,दिगो विकासको अवधारणा’ नारासहित नगरपालिकाको आगामी आवधिक कार्ययोजना बनाउन लागेको हो।

    पूर्वाधार विकास, सामाजिक विकास, कृषि विकास लगायतका योजना सम्बन्धी छलफल एवं सल्लाह, सुझावका आधारमा अल्पकालिन र दिर्घकालिन योजनाको प्राथमिकीकरण गर्दै आवधिक योजनालाई अन्तिम टुंगो लगाइने महर्जनले बताए।

    आवधिक योजना निर्माण गर्दा अहिलेको वस्तुस्थिति विश्लेषण गर्दै ५ वर्षको लक्ष्य किटान हुने र सो लक्ष्य निर्धारण गर्दा विकासका आयाम ख्याल गरिनेछ । सरकारको राष्ट्रिय आकांक्षा, योजना आयोगले निर्धारण गरेका सूचक र संघ तथा प्रदेश सरकारका नीति कार्यक्रमसँग मेल खाने गरी पूर्वधार, आर्थिक विकास, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, वन वातावरण तथा विपद् व्यवस्थापन, सुशासन लगायत पक्ष समेटेर प्रक्रिया तय गरिने प्रमुख प्रशासकीय अधिकृत डा. कृष्णबहादुर घिमिरेले बताए।

    परामर्शदाता शेष रमण न्यौपानेले विषयवस्तुको जानकारी दिंदै अव निर्माण गरिने आवधिक योजनामा नगरको वस्तुस्थिती, स्लोगनहरु, अल्पकालीन र दिर्घकालीन योजनाहरु, नीतिहरु, नगरका गौरवका विषयहरु, राजश्व तथा रोजगारीको अवस्थाहरु, सामाजिक, साँस्कृतिक र भौगोलिक अवस्थाहरुको बारेमा तथ्याँकहरु र सुचनाहरु वस्तीस्तर, वडास्तरमा र नगरस्तरमा छलफल गरेर तयार गरिने जानकारी गराए ।

    उनले भने,’योजना के हो ? के होइन ? भन्ने विषयको अभिमुखीकरण गर्दै २०/२५ वर्ष पछि नगरपालिकालाई कँहा पुर्याउने भन्ने दिर्घकालिन सोच राखेका छौं। त्यसैगरी नगरपालिकाले हामी संग केके सम्भावना छन्, केके अवसरहर छन् , ती सम्भावना र अवसरहरुलाई अगाडी बढाउने र समस्या र चुनौतीहरुलाई पत्ता लगाएर कसरी समाधान गर्न सकिन्छ भन्ने रणनीति पनि हामीले तयार परेका छौं। यो तारकेश्वर नगरपालिकाको प्रथम आवधिक योजना हुनेछ। सवै स्थानीय सरकाहरुले आवधिक योजना बनाउनु पर्ने नियम हो।

    यो अघिल्लो कार्यकालमा बन्न सकेन। अहिले चै पहिलो वर्षमै बन्यो र अर्को आर्थिक वर्ष देखि लागू हुने गरि ५ वर्षको आवधिक योजना हो। यो एउटा मार्ग निर्देशन गर्ने डकुमेन्ट हो, यसको आधारमा नगरपालिकाले काम गर्छ। ‘ उनले योजनावद्द विकासको थालनीमा तारकेश्वरले गरेको यो कार्यको प्रशंसा समेत गरेका छन। 

    कार्यक्रममा नगर उप-प्रमुख सिर्जना बुर्लाकोटीले संघीयता पश्चात ३ तहको सरकार भएको र सवै तहका सरकारहरुभन्दा महत्वपूणर् सरकार स्थानीय सरकार भएको र कुपोषणको अन्त्य, गरिबीमुक्त, भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न निश्चित योजनाहरु तयार गर्न सकेमा त्यस्ता योजनाहरुले दिर्घकालसम्म पनि महत्व राख्ने बताएकी छन्।

    उनले रोजगारीको लागि आवश्यक जनशक्तिहरुको विवरण, दक्ष, अर्धदक्ष र कस्ता खालका जनशक्तिहरुको आवश्यकता रहेको छ भन्ने बारेमा समेत सुचना लिनुपर्ने र सोही अनुसार नै योजनाहरुको समेत निर्माण गर्नुपर्नेमा उनको जोड रहेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ