Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री खाँणसँग आज पनि बयान


ग्लोबल पाना
मंगलबार, जेठ २ २०८०
  • 187
    SHARES

  • images
    नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री खाँणसँग आज पनि बयान

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँग आज पनि बयान लिइने भएको छ।गत बिहीबार पक्राउ परे पनि सोमवारबाट मात्रै बिषय केन्द्रित भएर बयान सुरु भएको र सो बयान अझै बाँकी रहेकाले आज पनि बयान लिन लागिएको हो।

    images
    images
    images

    सरकारी वकिल प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानका अनुसार हिजोबाट सुरु भएको खाँणको बयान आज पनि जारी रहने छ। ‘मंगलबार पनि उहाँको बयान हुनेछ’ उनले भने। सो प्रकरणमा मुछिए पनि खाँणले ‘मोबाइल फरम्याट’ गरेको तथा सो मोबाइलको ‘डाटा रिकभर’ हुनका लागि समय लागे पछि सोमबारबाट मात्रै उनको बयान सुरु गरिएको प्रहरीले जनाएको छ।

    सो आरोपमा मुछिएका मुख्य आरोपित केशव दुलाल र सानु भण्डारीले सो काण्डमा गृहमन्त्रीको हैसियतमा खाँणको पनि संलग्नता रहेको र मन्त्रालयमा नै लगेर १ करोड ४६ लाख रुयैयाँ दिएको वयान दिए पछि खाँण सो पक्ररणमा तानिएका हुन्।साथै, तत्कालीन गृह सचिव टेकनारायण पाण्डेले पनि मन्त्रीको संलग्नतामा आफूले काम कारबाही अघि बढाएको बयान दिए पछि खाँणलाई पक्राउ  गरी हिरासतमा लिइएको हो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ