काठमाडौं । एक महिलाले देशको एक प्रदेशबाट अर्को प्रदेश जान विमानको टिकट लिएकी थिइन् । तर एयरलाइन्स कम्पनीको गल्तीका कारण उनी विदेश पुगिन् । महिला एयरपोर्टमा अवतरण गर्दा उनीसँग राहदानी समेत थिएन ।
एयरलाइन्सले गल्तीले एक आन्तरिक यात्रुलाई अन्तर्राष्ट्रिय स्थानमा पुर्यायो। अहिले एयरलाइन्स कम्पनीले महिला यात्रुसँग माफी मागेको छ । कुरा अमेरिकाको हो । एबीसी न्यूजका अनुसार एलिस-हेबार्ड नामकी एक महिलाले अमेरिकी एयरलाइन्स कम्पनी फ्रन्टियरबाट उडान भरेकी थिइन्।
उनले न्यु जर्सीबाट फ्लोरिडाको टिकट लिएकी थिइन् । तर गल्तीका कारण उनी अर्को उडानमा चढेर क्यारेबियन देश जमैका पुगिन् । एलिस विदेशी विमानस्थलमा अवतरण गर्दा सुरक्षाकर्मीहरू छक्क परेका थिए। किनभने एलिससँग पासपोर्ट पनि थिएन। पछि गल्तीवश अर्को फ्लाइटमा चढेर यहाँ आइपुगेको थाहा भयो ।
एयरलाइन्सका कर्मचारीले पनि चेकिङको समयमा ध्यान दिएनन् । एलिसले भनिन् कि उनी प्रायः उडानबाट यात्रा गर्छिन्। त्यो दिन पनि उनी फ्लाइट चढ्न गेटमा पुगेकी थिइन्, जसमा ‘पीएचएल टु जेएएक्स’ लेखिएको थियो ।
तर फ्लाइट चढ्नुअघि बाथरुम गइन् । फर्केपछि बोर्डिङ पास चेक गर्ने व्यक्तिले हतार हतार उनलाई अर्को फ्लाइटमा बसाइदिए । प्रवेशद्वार परिवर्तनका कारण उनी ज्याक्सनभिल फ्लोरिडाको सट्टा जमैका पुगेको एलिसले दाबी गरिन् ।
एलिसका अनुसार उनी ढाडको शल्यक्रियाबाट निको हुँदैछिन् । उनलाई देखेर एयरलाइन्सका कर्मचारीले सिधै सिटमा बस्न लगाए । हतारमा उनले बोर्डिङ पास चेक गरे । टेकअफ पछि उनी गलत उडानमा चढेको थाहा भयो। त्यतिन्जेल ढिलो भइसकेको थियो ।
पछि फ्लाइट अटेन्डेन्टको सहयोगमा जमैकाको विमानस्थलमा अवतरण गरी त्यहाँबाट अर्को उडान लिएर अमेरिका फर्किइन् । यस विषयमा फ्रन्टियर एयरलाइन्सका प्रवक्ताले भने- हामी यस घटनाप्रति दुःख व्यक्त गर्दछौं र ग्राहकसँग माफी चाहन्छौं। हामीले टिकटको पैसा फिर्ता गर्ने र उनीहरूलाई क्षतिपूर्ति दिने निणर्य गरेका छौं। यससँगै जमैकाको एयरपोर्टसँग पनि यो विषय टुंगिएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


