Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

तिलगंगा आँखा अस्पताललाई विश्वविद्यालय बनाउने सरकारको निणर्य


ग्लोबल पाना
मंगलबार, जेठ २ २०८०
  • 207
    SHARES

  • images
    तिलगंगा आँखा अस्पताललाई विश्वविद्यालय बनाउने सरकारको निणर्य

    काठमाडौं । नेपाल सरकारले तिलगंगा आँखा अस्पताललाई विश्वविद्यालय बनाउने भएको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले तिलगंगा आँखा अस्पताललाई विश्वविद्यालय बनाउन स्वीकृति दिएको हो ।

    images
    images
    images

    सरकारका प्रवक्ता एवं सुचना तथा सञ्चार प्रविधीमन्त्री रेखा शर्माले काठमाडौंको तिलगंगा आँखा अस्पताललाई विश्वविद्यालय स्थापना गर्नका लागि विधेयक तयार गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयलाई स्वीकृति प्रदान गरिएको पनि जानकारी दिइन् ।

    त्यसैगरी मन्त्रिपरिषद् बैठकले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय संरक्षक समितिमा केही व्यक्तिहरूलाई नियुक्त गरेको पनि शर्माले बताइन् ।

    मन्त्रिपरिषद् बैठकले जुम्ला विमानस्थलको धावनमार्ग र नयाँ टर्मिनल भवन निर्माणका लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने निणर्य पनि गरेको मन्त्री शर्माले जानकारी दिइन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ