Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

जापानमा भएको बस दुर्घटनामा दुई नेपालीको मृत्यु


ग्लोबल पाना
बुधबार, जेठ ३ २०८०
  • 203
    SHARES

  • images
    जापानमा भएको बस दुर्घटनामा दुई नेपालीको मृत्यु

    काठमाडौं । जापानमा भएको बस दुर्घटनामा परी दुई नेपाली बिद्यार्थीको मृत्यु भएको छ । जापानको सेन्दाईस्थित सहरमा बस दुर्घटना हुदाँ दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको हो । जापानी सञ्चारमाध्यमका अनुसार गत मंगलबार साँझ भएको दुर्घटनामा परी मृत्यु हुनेमा नकाभ्रेका नवराज तामाङ र युवराज थापा रहेक छन् ।  थापा सेन्मोन गाक्कोउ तथा तामाङ निहोनगो गाक्कोउमा अध्ययनरत रहेको पनि जापानी मिडियाले जनाएका छन् ।

    images
    images
    images

    जापानी मिडियाका अनुसार सेन्दाईबाट इवातेका लागि हिँडेको बसलाई  पछाडिबाट ट्रकले ठक्कर दिँदा सो दुर्घटना हुन पुगेको थियो, जसमा दुई नेपालीसहित तीन जनाको मृत्यु हुन पुग्यो । बसमा खराबी देखिए पछि मियागी प्रान्तको तोहोकु एक्सप्रेस वेमा जाँचका लागि रोकिराखेको अवस्थामा ट्रकले आएर ठक्कर दिएको हो ।

    एक्सप्रेस रोडमा रोकिराखेको बसलाई ट्रकको ठक्करपछि सो बस उछिट्टिएर १ सय मिटर पर पुगेको थियो। उक्त बसमा चालक दलका सदस्य सहित ४० जना थिए, जसमा दुई नेपालीसहित तीनजनाले ज्यान गुमाए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ