Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

मोदीसँग पूर्वराजा ज्ञानेन्द्र शाहको ‘गोप्य’ भेट


ग्लोबल पाना
सोमबार, जेठ ८ २०८०
  • 233
    SHARES

  • images
    मोदीसँग पूर्वराजा ज्ञानेन्द्र शाहको ‘गोप्य’ भेट

    काठमाडौं । २२ वैशाख मा सुरक्षाकर्मीसमेत नलिइ भारत भ्रमणमा गएका पूर्वराजा ज्ञानेन्द्र शाह लखनउबाट विशेष विमानबाट दिल्ली पुगेको खुलेको छ। त्यहाँ उनले भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग एक घण्टा छलफल गरेका थिए। पूर्वराजाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि एक घण्टा विशेष छलफल गरेको स्रोतले दाबी गरेको छ, तर त्यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।

    images
    images
    images

    मोदीसँगको भेटका के विषयमा छलफल भयो भन्ने पनि खुल्न सकेको छैन, तर वर्तमान व्यवस्था विरुद्ध पूर्वराजाका पछिल्ला अभिव्यक्ति आक्रमक रहँदै आएका छन्। पूर्वराजा शाह वैशाख २२ गते शुक्रबार स्थलमार्ग हुँदै निजी भ्रमणका लागि भन्दै भारतको लखनउ गएका थिए। लखनउमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राजाकै हैसियतमा पूर्वराजालाई स्वागत गरेका थिए।

    नेपालगञ्जमा नागरिक अभिनन्दन ग्रहण गरेपछि भारत पुगेका पूर्वराजा र भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभलबीचको भेटवार्तालाई महत्वपूर्ण रुपमा हेरिएको छ। मुख्यमन्त्री योगीकै पहलमा प्रधानमन्त्री मोदीसँग एक घण्टा पूर्वराजाको गोप्य भेटघाट भएको स्रोतको दाबी छ। नेपालका राजनीतिक दलहरु सत्ताको आपसी खिचातानीमा लिप्त भएको मौकामा पूर्वराजा ज्ञानेन्द्रले छिमेकी मुलुक भारतको साथ खोज्ने प्रयास विगत लामो समयदेखि गर्दै आएका थिए। यसअघि पनि उनी विभिन्न वाहनामा भारतको भ्रमणमा गएका थिए।

    नेपालको केन्द्रीय सत्तामा एकपछि अर्को अस्थिरताका घटना हुनु, यी सबै अस्थिरतामा भारतकै भित्री हात हुनु, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र अन्य गठबन्धनका नेताहरु भारतीय इशारामा सत्ताको गठजोडमा संलग्न हुनु र फेरि पनि थप अस्थिरताकै संकेतहरु देखिनुले पूर्वराजालाई भारतसँग सहकार्य गरेर पुन गद्दीमा फर्किन सकिन्छ कि भन्ने हिम्मत पलाएको हुनसक्ने बताइएको छ।

    नेपालगञ्जमा नागरिक अभिनन्दन ग्रहण गरेपछि पूर्व राजाले अहिलेको व्यवस्था नेता केन्द्रित भएको भन्दै पुरानै गौरव फर्काउन आह्वानसमेत गरेका थिए। लखनउमा केही दिन बिताएका पूर्वराजा त्यहाँबाट विमान चार्टड गरेर दिल्ली पुगेका थिए। दिल्लीबाट लखनउ हुँदै स्थलमार्गबाट पूर्व राजा शाह जेठ सोमबार साढे ४ बजे नेपालगञ्ज फर्किएका थिए।

    शनिबार धनगढीमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम थियो। तर उक्त कार्यक्रम स्थगित भएपछि सोमबार (आज) नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको पूर्वराजका संवाद सचिव फणिराज पाठकले जानकारी दिए। ‘धनगढीका जेठ ६ गते नागरिक अभिनन्दन गर्ने कार्यक्रम थियो,’ पाठकले डिसी नेपालसँग भने, ‘तर बन्दलगायतका कारणले नागरिक अभिनन्दन दुई दिन पछि सरेको हो।’

    नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्दको आह्वान गरेको थियो। तर पछि सो पार्टीले बन्दलगायतका कार्यक्रम फिर्ता लिएको थियो। संवाद सचिव पाठकका अनुसार पूर्वराजको धनगढीमा नागरिक अभिनन्दनपछि मंगलबार अत्तरियामा राजा महेन्द्रको शालिक अनावरण गर्ने कार्यक्रम छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ