Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

अझै जारी रह्नयो नक्कली शरणार्थी प्रकरणमा उजुरी आउने क्रम


ग्लोबल पाना
सोमबार, जेठ ८ २०८०
  • 218
    SHARES

  • images
    अझै जारी रह्नयो नक्कली शरणार्थी प्रकरणमा उजुरी आउने क्रम

    काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा १६ जना पक्राउ परिसकेका छन्। तर, अझै उजुरी आउने क्रम जारी छ। आइतबार मात्रै थप पाँचवटा उजुरी परेको छ। पक्राउ परेकामाथि अनुसन्धान सँगै प्रहरीले प्रतिवेदन बनाइरहँदा उजरी पनि आइरहेका छन्। पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझीसहित १६ जनालाई थप अनुसनधान गर्नुपर्ने भएकाले आइतबार तीन दिन म्याद थपिएको थियो। उनीहरूविरुद्ध म्याद थप भइरहँदा आइतबार नै ५० लाख ठगी भएको विवरणसहित ५ जनाको उजुरी आएको प्रहरीले जनाएको छ। यस प्रकरणमा अनुसन्धान गरी तयार गरेको प्रतिवेदन आइतबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने तयारी पनि थियो। तर, थप उजुरी परेपछि सोमबार मात्रै प्रतिवेदन बुझाउने तयारी भएको प्रहरी अधिकारी बताउँछन्।

    images
    images
    images

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीका अनुसार अहिलेसम्म १ सय ११ जनाको उजुरी परेको छ। अनुसन्धान पूणर्तया नसकिएकाले प्रतिवेदन बुझाउन नसकिएको कार्कीले बताए। उनी भन्छन्, ‘यसै प्रकरणमा संग्लन भएकाहरूपछि पनि पक्राउ पर्ने र नयाँ उजुरी आइरहेको भएर पनि अनुसन्धान सकिएको छैन। बयान लिने, प्रमाण जुटाउने लगायतका केही कामहरू बाँकी नै छ। सकेसम्म सोमबारसम्म प्रतिवेदन बुझाउने तयारी प्रहरीको छ।’ 

    पक्राउ परेका व्यक्तिलाई प्रहरी हिरासतमा राख्नका लागि अदालतबाट अनुमती लिनुपर्ने हुन्छ। यसअघि प्रहरी नियन्त्रणमा रहेका आरोपी १६ जनाको म्याद आइतबार सकिएपछि थप म्याद लिनका लागि प्रहरीले उनीहरू सबैलाई जिल्ला सरकारी वकिल कार्यालयमा पुर्‍याएको थियो।

    बिना हतकडी प्रहरी नियन्त्रणमा रहेका पूर्वमन्त्री बालकृष्ण खाँण र टोपबहादुर रायमाझी सरकारी वकिल कार्यालयका सहन्यायाधीवक्ता अच्युतमणि न्यौपानेको कार्यकक्षमा प्रवेश गरेका थिए। अन्य आरोपी १४ जना भने प्रहरीको गाडीभित्र नै थिए।  यो समाचार अन्नपूणर् पोस्टमा छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ