काठमाडौं । पछिल्लो समय लगातारजसो बैंकहरुबाट ग्राहकको खाताबाट रकम गायब हुँदै आएको विषयले संसदमा पनि प्रवेश पाएका छ ।
सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद देवप्रसाद तिमिल्सिनाले यसबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।
रौतहटको चन्द्रनिगाहपुरमा हरेको माछापुच्छरे बैंकबाट वृन्दावन नगरपालिका वडा नम्बर ३ का रामेश्वर यादवको खाताबाट ९ लाख रुपैयाँ गायब भएको उल्लेख गर्दै छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न माग गरे ।
बैंकमा यादवले छोरीको विहे गर्न १२ लाख रुपैयाँ जम्मा गरेकामा आइतबार झिक्न जाँदा पैसा गायब भएको सांसद सांसद तिमिल्सिनाले बताए । उनले बैंकमा राखिएको सर्वसाधारणको पैसा सुरक्षित हुँदैन भने कसको विश्वास गर्ने भन्दै प्रश्न गरे ।
यसअघि इटहरीस्थित एभ्रेष्ट बैंकबाट पनि ग्राहकका खाताबाट डेढ करोड रुपैयाँ अनधिकृत रुपमा गायब भएको थियो भने नविल बैंकको धरान शाखाबाट दुई ग्राहकको रकम चोरी भएको थियो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


