Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

चर्चित अभिनेता नितेश पाण्डेको ५१ वर्षको उमेरमा निधन


ग्लोबल पाना
बुधबार, जेठ १० २०८०
  • 191
    SHARES

  • images
    चर्चित अभिनेता नितेश पाण्डेको ५१ वर्षको उमेरमा निधन

    काठमाडौं । चर्चित अभिनेता नितेश पाण्डेको ५१ वर्षको उमेरमा निधन भएको छ । अहिलेसम्म प्राप्त जानकारीका आधारमा उनको मृत्यु हृदयघातका कारण भएको बताइएको छ ।

    images
    images
    images

    नितेश पाण्डेले धेरै हिन्दी फिल्म र टेलिभिजन सिरियलमा काम गरेका थिए । केही समयअघि उनी चर्चित टिभी सिरियल ‘अनुपमा’ मा पनि देखिएका थिए ।

    नितेशको निधनको खबर दिँदै टिभी अभिनेता देवेन भोजानीले अभिनेताको हृदयघातका कारण बिहान २ बजे निधन भएको बताए ।यसअघि उनले ओम शान्ति ओम, दबंग २, रंगुन, खोसला का घोस्ला, मिकी भाइरस जस्ता चलचित्रमा पनि अभिनय गरिसकेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ