Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

पश्चिम रुकुममा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु


ग्लोबल पाना
बिहीबार , जेठ ११ २०८०
  • 196
    SHARES

  • images
    पश्चिम रुकुममा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

    दाङ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ८ दुलीमा जिप दुर्घटना भएको छ । बिहिबार बिहान भएको दुर्घटनामा परेर चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने आठजना घाईते हुन पुगेका छन् ।

    images
    images
    images

    सानीभेरी गाउँपालिका- ५ मेलचौरबाट जिल्ला सदरमुकाम खलङगा जादै गरेको लु १ ज १७४७ नम्वरको जिप दुलीको मोतिखोलामा दुर्घटना हुन पुगेको हो ।

    सो दुर्घटनामा परेर सानीभेरी गाउँपालिका ५ का देउचन खत्री, सोहि वडाका कणर् बहादुर बाँठा, बाँफिकोट गाउँपालिका-८ की रेखा खत्री र उनको छोराको घटनास्थल मै मृत्यु भएको छ ।

    दुर्घटनामा परेर आठ जना घाईते भएका छन् । उनीहरुलाई उद्धार गरेर उपचारको पठाईएको छ । दुर्घटनाको पुरा विवरण आउन बाँकि रहेको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब चार सय मिटर तल खसेको बताईएको छ

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ