काठमाडौँ। एसियन हाइड्रोपावरले ३२ जेठमा वार्षिक साधारण सभा बोलाएको छ। सभा द ईन्ट्रान्स क्याफे, ललितपुरमा बिहान ११ बजेबाट सुरु हुने । संस्थाले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ। साथै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ।
सभामा हाल कायम रहेको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गरी नयाँ ठेगाना कायम गर्ने एजेन्डा रहेको छ। यस्तै, कम्पनीको नियमावली संशोधन गर्ने एजेन्डा पनि छ।
सभा प्रयोजनका लागि संस्थाले १९ जेठमा बुक क्लोज गर्ने भएको छ। तसर्थ, १९ जेठसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन्।
.gif)




 x 450 (H) Global Pana.jpeg)


