काठमाडाैं । पर्सा जिल्लामै रहेर कानुन व्यवसायमा आफ्नो अलग्गै पहिचान निर्माण गर्न सफल मेराज मियाँको नेतृत्वमा सत्मार्ग फाउन्डेसनको पर्सा जिल्ला कार्यसमिति गठन भएको छ ।
फाउन्डेसनका केन्द्रीय अध्यक्ष तबरेज आलमको विशेष उपस्थितिमा बिहीबार पर्सा जिल्ला कार्यसमिति चयन गरिएको हो ।
अध्यक्षमा मियाँसँगै फाउन्डेसनको पर्सा जिल्ला उपाध्यक्षमा ओसिक अख्तर अन्सारी, सचिवमा सुनिल यादव, कोषाध्यक्षमा ज्ञानचन्द्र साह सहित ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
काठमाडौको तिनकुनेमा मुख्यालय रहेको सत्मार्ग फाउन्डेसन विशेषगरि मधेस प्रदेशमा शिक्षा र स्वास्थ क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था हो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


