Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

फेवाको सिमसार क्षेत्र पूर्ने कार्य रोक्ने निर्णय


ग्लोबल पाना
शुक्रबार, जेठ १२ २०८०
  • 262
    SHARES

  • images
    फेवाको सिमसार क्षेत्र पूर्ने कार्य रोक्ने निर्णय

    पोखरा । पोखरा महा नगरपालिका र अन्नपूर्ण गाउँपालिका क्षेत्रमा पर्ने फेवाताल जलाधार सिमसार क्षेत्र भित्र हुँदै गरेका जमिन पूर्ने तथा खार्ने कामलाइ रोक्ने निर्णय भएको छ ।

    images
    images
    images

    जिल्ला समन्वय समिती कास्की प्रमुख एबम कास्कीका भु तथा जलाधार संरक्षण समितिका अध्यक्ष लिलाधार पौडेलको अध्यक्षतामा शुक्रबार पोखरामा बसेको समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले सिमसार क्षेत्रमा भैरहेका अबैध उत्खनन र जमिन पूर्ने कार्य तत्काल बन्द गर्न पोखरा महानगरपालिकालाई पत्राचार गर्ने र आबश्यक सहयोगका लागि जिल्ला प्रशासन कार्यालयलाई आग्रह गर्ने निर्णय गरेको छ ।

    बैठकले एक संयन्त्र निर्माण गरि सो क्षेत्रको नियमित अनुगमन गर्ने निर्णय गरेको अध्यक्ष लिलाधर पौडेलले जानकारी दिनुभयो। फेवा जलाधार र सिमसार क्षेत्रमा अनधिकृत रूपले दोहन भैरहेकी भन्ने सूचना आए पछि समितिको बैठक बसेर उक्त निर्णय लिइएको र नियम बिपरित कानुन हातमा लिएर काम गर्ने जो कोहिलाइ पनि कारबाही गरिने उल्लेख गर्नु भयो।

    पौडेलले कास्की र गण्डकी प्रदेशकै आर्थिक समृद्धिको मुख्य आकर्षण फेवा ताल र सिमसारको अस्तित्वमा संकट ल्याउने कार्य सह्य नहुने र जो सुकैहुन कारबाही गरि छाड्ने उल्लेख गर्नु भयो।

    बैठकमा आमन्त्रित सदस्यको रूपमा सहभागी पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले फेवा माथिको दोहन रोक्नका लागि र सो क्षेत्रको संरक्षणमा महानगरको पूर्ण प्रतिबद्धता रहेको उल्लेख गर्नु भयो।

    कास्किका प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेले निर्धक्कका साथ काम गर्न समितिलाई आग्रह गर्दै प्रशासन सो को लागि पूर्ण सहयोग गर्न तयार रहेको उल्लेख गर्नु भयो ।

    जिल्ला समन्वय समिती कास्की प्रमुख एबम कास्कीका भु तथा जलाधार संरक्षण समितिका अध्यक्ष लिलाधार पौडेलको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ